बुधबार, चैत ५, २०८१
बेलायती सेनाको संरक्षकबाट पछि हटे ९९ वर्षे प्रिन्स फिलिप


नेपाली लिङ्क
जुलाइ २२, २०२०
लन्डन । बेलायतीमहारानीका पति एवम् प्रिन्स फिलिप यहाँको सेनाभित्र रहेको आफ्नो भूमिकाबाट पछि हटेका छन् ।
९९ वर्षीय उनले बेलायती सेनालाई प्रदान गर्दै आएको संरक्षकको भूमिका बुधबारदेखि औपचारिक रुपमा अन्त्य गरेका हुन् ।
सन् १९५३ देखि नै विभिन्न भूमिकामा बेलायती सेनासँग जोडिएका प्रिन्स फिलिप सन् २००७ मा ‘कर्नेल अफ चिफ’ नियुक्त भएका थिए ।
बुधबार महारानीको निजी निवास रहेको ’विन्डसोर क्यासल’ मा आयोजित औपचारिक समारोहमा उनले सेनाको संरक्षकको जिम्मेवारीबाट बिदा भए । त्यस अवसरमा उनको योगदानको कदर गर्दै सेनाले उनलाई विशेष सम्मान अर्पण गरेको थियो ।
यसैबीच, प्रिन्स फिलिपले निभाउंदै आएको सेनाको संरक्षकको भूमिका अब युवराज चार्ल्सकी पत्नी क्यामिलाले पाएकी छन् ।
बुधबार नै आयोजित छुट्टै समारोहमा उनलाई सो जिम्मेवारी प्रदान गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५