बिहीबार, वैशाख १३, २०८१
17:23 | २२:०८

कोरोना असर: बेलायतमा घरजग्गा कारोबार एक तिहाइले घट्यो

नेपाली लिङ्क जुलाइ २१, २०२०

लन्डन । कोरोना महामारीले बेलायतको प्रपर्टी (घरजग्गा) मार्केटको कारोबारमा ठूलो धक्का पुर्याएको छ ।  

गत वर्षको तुलनामा यस वर्ष बेलायतमा घरजग्गाको कारोबार एक तिहाइले घटेको हालै सार्वजनिक एक तथ्यांकले देखाएको छ ।  

यो वर्षको समर सिजनमा बेलायतमा भएको प्रपर्टी कारोबार गत वर्षको सोही अवधिमा भएको कारोबारभन्दा झन्डै एक तिहाइले कम भएको हो ।  

लकडाउन खुकुलो हुँदै जाँदा कारोबार क्रमिक रुपमा उकालो लाग्न थालेपनि अझै पनि सामान्य अवस्थाभन्दा निकै न्यून छ ।  

‘एचएम रिभेन्यू एन्ड कस्टम्स्’ (एचएमआरसी) ले जारी गरेको तथ्यांकअनुसार गत जुन महिनामा बेलायतमा कुल ६८ हजार ६ सय ७० वटा रेसिडेन्सल प्रपर्टी बिक्री भएका छन् । जुन संख्या गत वर्षको सोही महिनाको तुलनामा ३१ दशमलव ५ प्रतिशतले कम हो ।

तर गत मे महिनामा भन्दा भने जुन महिनामा कारोबार ५० प्रतिशतले बढेको छ ।

घरजग्गा कारोबारलाई प्रोत्साहित गर्ने लक्ष्यले हालै मात्र सरकारले ५ लाख पाउन्डसम्मको प्रपर्टीमा ‘स्ट्याम्प ड्यूटी’ शीर्षकको कर नलगाउने घोषणा गरेको छ । जसका कारण आउंदो महिनाहरुमा भने प्रपर्टी कारोबारले केही गति लिने अपेक्षा छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू