शुक्रबार, वैशाख १४, २०८१
19:10 | २३:५५

बेलायतका लागि अग्रिम बुकिङ भए ९ करोड ‘कोरोना भ्याक्सिन’

नेपाली लिङ्क जुलाइ २०, २०२०

लन्डन । बेलायतले कोरोना भ्याक्सिन विरुद्धको खोप विकास भएलगत्तै आफ्नो देशका लागि ९ करोड भ्याक्सिनको अग्रिम बुकिङ गरेको छ ।  

कोरोना भ्याक्सिनको उत्पादन तथा वितरण गर्ने २ वटा फर्मास्यूटीकल कम्पनीसँग बेलायतले यसबारे सम्झौता गरिसकेको बेलायती संचारमाध्यमहरुले जनाएका छन् ।

बेलायत सरकारले ‘वायोएनटेक’ नामक कम्पनीसँग ३ करोड भ्याक्सिनको लागि सम्झौता गरेको छ । जुन कम्पनीले विकास गर्दै गरेको कोरोनाविरोधी भ्याक्सिन अहिले दोस्रो चरणमा छ ।

यसैगरी, बेलायतले ‘भाल्नेभा’ नामक अर्को कम्पनीसंग ६ करोड भ्याक्सिनको लागि सम्झौता गरेको छ । उक्त कम्पनीले विकास गरेको भ्याक्सिन प्रभावकारी र उपयुक्त भएको खन्डमा बेलायतलाई थप ४ करोड उपलब्ध गराउने सहमति भएको छ ।

स्कटल्यान्डमा फ्याक्ट्री रहेको भाल्नेभा कम्पनीले तयार गर्ने भ्याक्सिनको क्लिनिकल परीक्षणको लागि बेलायत सरकारले आर्थिक सहायता समेत प्रदान गर्दैछ ।  

उक्त कम्पनीबाट १ अर्ब भ्याक्सिन उत्पादन गरी अन्य मुलुकको लागि समेत उपलब्ध गराउने उद्धेश्यले अतिरिक्त बजेट व्यवस्थापनबारे पनि छलफल भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू