शनिबार, वैशाख ८, २०८१
19:18 | ००:०३

बेलायत सरकारले ल्याएको ‘मिनी बजेट’ बारे अन्तरक्रिया हुने

नेपाली लिङ्क जुलाइ १९, २०२०

लन्डन –बेलायतमा कार्यरत नेपाली एकाउण्टेन्टहरूको संस्था, नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेले बेलायत सरकारले यसै महिना सार्वजनिक गरेको ‘मिनी बजेट’ बारे बेलायतमा ब्यापार व्यवसाय गरिरहेका नेपाली ब्यवसायीहरूलाई एउटा जूम अन्तरक्रिया मार्फत जानकारी दिने भएका छन् ।

ब्रिटिश अर्थमन्त्री ऋषि सुनकले सार्वजनिक गरेको मिनी बजेटका मुख्य बुंदाहरु र त्यसबाट कसरी लाभान्वित हुने भन्नेबारे छलफल केन्द्रित रहने एसोसियसनले जनाएको छ ।

“हामीले गत जुन महिनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्न गरिएको लकडाउनबाट नेपाली ब्यवसायीहरूलाई परेको असर र बेलायत सरकारले घोषणा गरेका राहत प्याकेजबारे नेपाली व्यवसायीहरुलाई जानकारी गराउन एउटा वेबिनार आयोजना गरेका थियौं । उक्त वेबिनारबारे हामीलाई प्राप्त सकारात्मक प्रतिक्रिया र व्यवसायीहरुको आग्रह बमोजिम फेरी अर्को कार्यक्रम आयोजना गर्न लागेका हौँ,”  नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेका अध्यक्ष सरोज सापकोटाले बताए ।

उक्त कार्यक्रममा ब्रिटिश सरकारले घोषणा गरेको मिनी बजेटबारे कुनै पनि प्रश्न वा जिज्ञासा भए वरिष्ठ एकाउण्टेन्ट्सहरुलाई सोध्न सकिने र कार्यक्रम नेपाली व्यवसायीहरुका लागि उपयोगी हुने आफूहरुले विश्वास लिएको नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेका महासचिव शशिधर नेपालले बताए । कार्यक्रम संयोजन वरिष्ठ एकाउण्टेन्ट एलएन पाण्डेले गर्नेछन् ।

नेपाली एकाउण्टेन्ट्स एसोसियसन युकेले आउंदो आइतबार, २६ जुलाई दिउँसो ३ बजे देखि जूम अन्तरक्रिया कार्यक्रममा उपस्थित हुन बेलायतस्थित सबै नेपाली व्यवसायीहरुलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू