शनिबार, वैशाख १५, २०८१
06:18 | ११:०३

विदेशमा कोभिडबाट ज्यान गुमाउने नेपाली १ सय ६०

पछिल्लो साता थप ५ को मृत्‍यु

नेपाली लिङ्क जुलाइ १९, २०२०

काठमाडौं ।  विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विश्वका विभिन्न मुलुकमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ६० पुगेको  छ । 

गैरआवासीय नेपाली संघका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा थप पाँच जनाको मृत्यु भएको छ ।

शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १६० नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको संघले बताएको छ ।  

त्यसैगरी, यसअघि संक्रमण भएकामध्ये ९३ प्रतिशत  अर्थात् २८ हजार ६८१ जना संक्रमणमुक्त भएको जनाइएको छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा बढी नेपालीले ज्यान गुमाएको देश बेलायत हो । लन्डनस्थित नेपाली दूतावासले अहिलेसम्म ६७ जना नेपालीको  कोरोनाबाट  मृत्‍यु भएको पुष्टि गरेको छ ।  

बेलायतमा पनि संक्रमण भएको भनिएका हजार बढी नेपालीमध्ये लगभग सबै निको भएको ठानिएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू