शनिबार, वैशाख ८, २०८१
04:48 | ०९:३३

बेलायतका पत्रकारहरुले नेपालमा कोरोना प्रभावित पत्रकारलाई २३ लाख दिने

२० लाख रुपियाँ अक्षय कोषमा, ३ लाख तत्काल खर्चका लागि दिने निर्णय

नेपाली लिङ्क जुलाइ १८, २०२०

लण्डन । कोरोना महामारीका कारण समस्यामा परेका नेपाली पत्रकारहरुलाई सहयोगका लागि नेपाल पत्रकार महासंघद्वारा स्थापित कोषमा नेपाल पत्रकार महासंघ युकेले २३ लाख रुपियाँ सहयोग गर्ने भएको छ । शाखाको शनिबार लण्डनमा जुममार्फत बसेको बैठकले सो निर्णय गरेको हो ।

सहयोग गरिएको रकममध्ये २० लाख रुपियाँ अक्षय कोषमा राखिने छ भने ३ लाख रुपियाँ कोरोना प्रभावित श्रमजीवी पत्रकारहरुका लागि तत्काल खर्च गरिने छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले स्थापना गरेको सो आपत्कालिन कोषमा यसअघि केन्द्रीय समितिले ३० लाख रुपियाँ जम्मा गरिसकेको छ । केन्द्रीय समितिले सो कोषमा कम्तीमा १ करोड रुपियाँ जम्मा गर्ने लक्ष्य लिएको छ ।

युके शाखाले सन् २०१७ मा बेलायतमा च्यारिटी कार्यक्रम गरेर संकलित रकमबाट सो सहयोग गरेको हो ।

यस्तैशाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा भएको सो बैठकले शाखाले बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई प्रोत्साहन गर्नका लागि १ हजार पाउण्ड राशीको एफएनजे युके पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय पनि गरेको छ ।

यसैगरीमहासंघद्वारा आपत्कालिन कोष सञ्चालन निर्देशिका तथा मापदण्ड बनाउन गठित समितिमा शाखाका महासचिव सञ्जयभक्त कँडेललाई पठाउने निर्णय पनि गरेको छ ।

बैठकमा महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यमहासचिव रमेश विष्टले कोषको उद्देश्यबारे प्रष्ट पारेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष आचार्यले कोभिड-१९ बाट उत्पन्न समस्याका कारण नेपालमा झन्डै २,००० पत्रकारहरुले रोजगारी गुमाएका तथा देशभरि ७५० भन्दा बढी पत्रपत्रिका तथा ५ ओटा एफएम रेडियो स्टेशनहरु बन्द भएको जनाए ।  रोजगार गुमाएका पत्रकारहरुलाई मानवीय सहयोग गर्न आपत्कालीन कोष खडा गरिएको हो,” उनले भने ।

महासचिव बिष्टले आपत्कालीन कोषमा उल्लेखनीय सहयोग गरेकोमा नेपाल पत्रकार महासंघ युकेलाई हार्दिक धन्यवाद दिए । 

शाखाका महासचिव सञ्जयभक्त कँडेलले संचालन गरेको बैठकमा शाखाका सल्लाहकारहरु भगीरथ योगी र नवीन पोखरेलवरिष्ठ उपाध्यक्ष श्याम लुइँटेलउपाध्यक्ष लीलामान शेरपुञ्जाउपमहासचिव नरेन्द्र बस्नेतसचिवहरु शिव भण्डारीपूर्ण गुरुङ र डा. जगन कार्कीसह-कोषाध्यक्ष रोशन मेवाहाङसदस्यहरु मञ्जु भण्डारी खरेलखेमराज रानाभाट र बम सूर्यवंशीको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू