बिहीबार, वैशाख १३, २०८१
01:30 | ०६:१५

लकडाउन खुकुलो भएसँगै बेलायतमा ‘डिजिटल व्यवसाय’ वृद्धि

रासस-सिन्ह्वा जुलाइ १८, २०२०

लण्डन । भर्ती तथा रोजगार परिसंघ (आरईसी) द्वारा शुक्रवार जारी गरिएको एक रिपोर्ट अनुसार जुलाईको शुरुमा बन्दाबन्दी (लकडाउन) खुकुलो पारिएसँगै बेलायतमा रोजगारीमुलक विज्ञापनको सङ्ख्यामा वृद्धि आएको छ । 

रिक्रुटमेन्ट एण्ड इक्प्लोइमेन्ट कन्फिडरेसन (आरईसी) को तथ्याङ्क अनुसार जुलाई ५ देखि जुलाई १२ सम्म हप्तामा सक्रिय रोजगारी विज्ञापनको कुल सङ्ख्या १० लाख पाँच हजार पुगेको छ । यो जुन अन्तिम हप्ता (जून २२ देखि २८ सम्म) को तुलनामा नौ लाख ९० हजारले बढी हो । 

उल्लेखनीय कुरा के हो भने यहां सूचना प्रविधि क्षेत्रमा काम गर्ने व्यवसायिक कर्मचारीको विज्ञापनमा महत्वपूर्ण वृद्धि रहेको छ । जुनको अन्तिम हप्ताको तुलनामा जुलाई ६–१२ सम्ममा वेब डिजाइनर र डेभलपरहरूको पदस्थापन १५.५ प्रतिशतले बढेको उल्लेख छ । 

यसमा प्रोग्रामर र सफ्टवेयर विकासकर्ताहरूको रोजगारीमा जोडिने दरमा ६.६ प्रतिशतले वृद्धि भएको छ । 

सूचना प्रबिधितर्फ डिजाइनर र डेभलपरहरूको पदस्थापन दरमा आएको उछालले लकडाउनको क्रममा ‘डिजिटल व्यवसाय’ तर्फको रोजगारीमा सामान्य वृद्धि भएको प्रतिबिम्बित हुने आरईसीले जनाएको छ ।

यसका साथै सर्वेक्षणमा ग्राफिक डिजाइनर्स लगायतका अन्य रोजगारीमा ११.३ प्रतिशत, विक्री व्यवस्थापकमा ९.९ प्रतिशत सिकर्मी तथा शिपबिहीन क्षेत्रमा ८.५ प्रतिशतले वृद्धि भएको सर्भेक्षणले देखाएको छ । 

आरइसी प्रमुख कार्यकारी नील कारबेरीले भने, “लकडाउन खुकुलो बनाएसँगै व्यवसायिक क्षेत्रमा आर्थिक सुधारको आत्मविश्वास बिस्तारै बढ्दै गइरहेको छ । सुधारका सङ्केत देखिएपनि हामी समस्याबाट बाहिर आइसकेका छैनौं । अर्थव्यवस्था केही समयको लागि सामान्य स्तरमा फर्कने छैन ।”

राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) द्वारा बिहीबार जारी तथ्याङ्क अनुसार देशको कम्पनी भूक्तानीलाई हेर्दा कामदार सङ्ख्या मार्च र जुनबीचमा छ लाख ४९ हजारले कमी देखिएको छ ।

“आगामी २-३ महिना अस्थायी विदा योजना र सरकार समर्थिन व्यापक कार्यक्रमको वास्तविक असर बुझ्न गाह्रो हुने छ”, ब्रिटिश श्रम बजार विश्लेषक कम्पनी एम्सीका श्रमशक्तिविद् तथा निर्देशक म्याथ्यू मीले भने । 

 सरकारको योजना अन्तर्गत कर्मचारीहरु राख्न र व्यवसायहरुलाई सहयोग पुरयाउन दिइएको अस्थायी विदा योजना यस बर्ष अक्टोबर अन्त्यमा समाप्त हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू