शुक्रबार, वैशाख १४, २०८१
21:21 | ०२:०६

बेलायती विदेश मन्त्रालयको गोर्खा भेट्रानलाई स्वास्थ्य सामग्री

५३ स्वास्थ्य केन्द्र, १४ सरकारी निकाय र १७ क्वारेन्टिनमा स्वास्थ्य सामग्री प्रदान

नेपाली लिङ्क जुलाइ १८, २०२०

लन्डन । बेलायती विदेश मन्त्रालय (एफसीओ) र गोर्खाहरुको च्यारिटीमा क्रियाशिल संस्था गोर्खा वेलफेयर ट्रष्टको सहकार्यमा नेपालस्थित गोर्खा भेट्रानलाई सहयोग भएको छ ।

कोरोना भाइरसबाट प्रभावित वृद्ध गोर्खा भेट्रानहरुको जीवनरक्षाकालागि सहयोग प्रदान गरिएको एफसीओले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालस्थित बेलायती दूतावासका कर्मचारी र गोर्खा वेलफेयर ट्रष्ट पदाधिकारीले ग्रामीण भेगमा रहेका ब्रिटिश गोर्खा 
भेट्रान र तिनका परिवारलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

एफसीओ र गोर्खा वेलफेयर ट्रष्टले अत्यावश्यक औषधि, व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ), हयाण्ड स्यानिटाइजर, पिउने पानी र पेन्सन समेत दिलाउन सहयोग गरेका थिए ।

अहिलेसम्म नेपालभर ५३ वटा स्वास्थ्य केन्द्र, १४ सरकारी निकाय र १७ क्वारेन्टिन केन्द्रमा स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

नेपालको ग्रामीण भेगमा कोभिड १९ ले जनजीवन असहज छ । लकडाउनका कारण सहज यातायात सुविधा नभएपनि विदेश मन्त्रालयका कर्मचारीले स्थानीय निकायसंग समन्वय गरेर ति स्वास्थ्य सामग्री उपलब्ध गराएका विज्ञप्तिमा उल्लेख छ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले ब्रिटिश गोर्खासंग बेलायतको सम्बन्ध विशेष रहेको उल्लेख गर्दै गोर्खा वेलफेयर ट्रष्टले गरेको निस्वार्थ मानवीय कार्य उदाहरणीय भएको बताएकी छन् ।

ट्रष्टका निर्देशक अल होवार्डले नेपालभर शुद्ध पिउने पानी र सरसफाइका लागि गरिएका सामुदायिक कार्यक्रमबाट आफूहरु गौरवान्वित भएको बताएका छन् । उनले ट्रष्ट र विदेश मन्त्रालयको औषधिजन्य सहयोगले कोभिड १९ विरुद्ध जुध्न सहयोग गर्ने पनि बताएको विज्ञप्तिमा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू