शुक्रबार, चैत १६, २०८०
05:19 | ११:०४

बेलायतमा कोरोनाबाट थप १ सय १४ को मृत्यु, ६ सय ८७ संक्रमित  

हालसम्म २ लाख ९३ हजार २ सय ३९ जनामा संक्रमण

नेपाली लिङ्क जुलाइ १७, २०२०

लन्डन । पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना भाइरस संक्रमणबाट थप १ सय १४ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

योसंगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ४५ हजार २ सय ३३ पुगेको छ । यो संख्या बेलायतका अस्पताल तथा केयर होम लगायतको भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बताएको छ ।

यस्तै बेलायतमा थप ६ सय ८७ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ । हालसम्म बेलायतमा २ लाख ९३ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बेलायत कोरोना संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुक अन्तर्गत अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा पर्दछ । यसैगरी सबै भन्दा बढी संक्रमण हुने मुलुक अन्तर्गत अमेरिका, ब्राजिल, भारत, रसिया, पेरु, चिली, साउथ अफ्रिका र स्पेनपछि दशौँ स्थानमा बेलायत छ ।

हालसम्म विश्वभर कोरोनाको संक्रमणबाट ५ लाख ९४ हजार भन्दा बढीको ज्यान गैसकेको वर्ल्डओमिटरले  जानकारी दिएको छ  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू