शनिबार, वैशाख ८, २०८१
05:36 | १०:२१

महामारीका कारण बेलायतमा तीन महिनामै साढे ६ लाख बेरोजगार

नेपाली लिङ्क जुलाइ १६, २०२०

लन्डन । कोरोना महामारीका कारण उत्पन्न असहज अवस्थाको टड्कारो प्रभाव बेलायतको अर्थतन्त्रमा देखिन थालेको छ ।  

हालै सार्वजनिक एक तथ्यांकले महामारीका कारण लकडाउन शुरु भएको पहिलो तीन महिनामै करिब साढे ६ लाख मानिस बेरोजगार बनेको देखाएको छ ।  

अफिस फर नेसनल स्टाटिस्टिक्स (ओएनएस) ले जारी गरेको तथ्यांकअनुसार गत मार्चदेखि जुन महिनासम्मको तीन महिना अवधिमा बेलायतमा ६ लाख ४९ हजार मानिस ‘पे-रोल’ बाट बाहिरिएका हुन्   

उक्त अवधिमा सरकारबाट बेरोजगारी भत्ता लिनेहरुको संख्या पनि २६ लाख पुगेको बताइएको छ ।  

अर्थविद्हरुले कोरोना महामारीका कारण बेलायतको रोजगारी र अर्थतन्त्रमा पर्ने चर्को असरको पूर्ण चित्र देखिन अझै बाँकी रहेको प्रतिकृया दिएका छन् ।  

सरकारले ८० प्रतिशत तलब व्यहोरिदिने ‘फर्लो स्किम’ आउंदो अक्टोबरमा सकिएपछि धेरै व्यवसाय बन्द हुने र बेरोजगारहरुको संख्या  ह्वात्तै बढ्ने उनीहरुको आंकलन छ ।  

एक अध्ययनले गत तीन महिनाको अवधिमा बेलायतमा खुला गरिएका रोजगारीका अवसरहरु पछिल्लो २० वर्षकै सबैभन्दा न्यून रहेको देखाएको छ ।  

त्यस्तै, ब्रिटिश चेम्बर अफ कमर्सले आउंदो तीन महिनामा देशका २९ प्रतिशत व्यवसायहरुले आफ्ना कामदारको संख्या घटाउने अनुमान सार्वजनिक गरेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू