शुक्रबार, वैशाख ७, २०८१
02:07 | ०६:५२

बेलायतमा कोरोनाबाट ४५ हजार बढीको मृत्यु, स्कटल्याण्डमा साताभित्र शून्य मृत्यु

विश्वमा बढी मृत्यु हुनेमा बेलायत तेस्रो स्थानमा

नेपाली लिङ्क जुलाइ १५, २०२०

लन्डन । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण पछिल्लो समय बेलायतमा मृत्युदर र संक्रमित हुनेको संख्यामा उल्लेखनीय कमी हुँदै गैरहेको छ ।

गएको एक हप्ताभित्र स्कटल्याण्डमा कोरोना संक्रमणका कुनै पनि बिरामीको मृत्यु नभएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बताएको छ ।

२४ घन्टामा बेलायतका अस्पतालमा थप ८५ जनाको मृत्यु भएको छ । योसंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ४५ हजार ५३ पुगेको छ ।

तर राष्ट्रिय तथ्याँक विभागले भने मृतक संख्या ५५ हजार भन्दा बढी रहेको बताउंदै आएको छ ।

गएको २४ घन्टामा बेलायतमा थप ५ सय ३८ जनामा कोरोनाको पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बताएको छ । बेलायतमा कोरोनाबाट संक्रमित कूल संख्या २ लाख ९१ हजार ९ सय ११ छ ।

विश्वमा कोरोना संक्रमित मुलुकमा बेलायत दशौँ स्थानमा छ भने बढी मृत्यु हुने मुलुकमा अमेरिका, ब्राजिल पछि बेलायत तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू