शनिबार, वैशाख १५, २०८१
22:26 | ०३:११

गेसोद्वारा बाढी पीडितलाई सहयोग प्रतिवद्धता, ज्यान गुमाउनेप्रति संवेदना प्रकट

नेपाली लिङ्क जुलाइ १०, २०२०

गेसो सभापति कृष्णकुमार राई

लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले नेपालमा गएको बाढी पहिरोका कारण ज्यान गुमाउनेहरुप्रति समवेदना व्यक्त गरेको छ । गेसो बाढी पहिरो प्रभावित क्षेत्रमा साथ, सहयोग र उद्धार कार्यमा समेत जुट्न तयार रहेको संघका सभापति कृष्णकुमार राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

नेपालमा पछिल्लो समय बाढी पहिरोका कारण दर्जनौ मानिसहरुको मृत्यु भएको छ भने थुप्रै वेपत्ता भएका छन् । बाढी पहिरोका कारण कैयौं मानिस घरबार बिहिन भएका छन् । उनीहरुको लागि कुनै पनि सहयोग गर्न गेसो तयार रहेको बताइएको छ । 

आफ्नो अधिकारको लागि मात्र नभई देशमा परि आउने दैवीप्रकोपको बेला आपतविपदमा परेकाहरुलाई पनि मानवीय सहयोग गर्दै आएको गेसोले बताएको छ । देशमा हुने राजनैतिक परिवर्तनका लागि विभिन्न समय र कालखण्डमा भएका आन्दोलनमा पनि परिवर्तनको पक्षमा गेसो अग्रपंक्तिमा रहँदै आएको उसको विज्ञप्तिमा छ । 

गोरखाहरुमाथि भैरहेको विभेद अन्त्यका लागि गेसोले विगत तीन दशकदेखि बेलायतको सदन, सडक र अदालतमा शान्तिपूर्ण ढंगले संघर्ष गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू