बुधबार, वैशाख १२, २०८१
18:21 | २३:०६

७५ देशबाट इंग्ल्याण्ड आउनेहरु अब क्वारेन्टिन बस्न नपर्ने

नेपाली लिङ्क जुलाइ १०, २०२०

लण्डन । कोरोना संक्रमण घट्दै जाँदा बेलायतमा चरणबद्ध रुपमा लकडाउन खुकुलो पार्दै लगिएको छ । यही क्रममा अन्य मुलुकबाट आउनेहरुको लागि लागू गरिएको २ हप्ते अनिवार्य क्वारेन्टिन पनि आजदेखि खुकुलो बनाइएको छ ।

शुक्रबारदेखि संसारका विभिन्न ७५ देशबाट इंग्ल्याण्ड आउनेहरुलाई क्वारेन्टिन बस्नुपर्ने छैन ।

वेल्स र नर्दन आयरल्याण्डमा पनि इंग्ल्याण्डकै जस्तै क्वारेन्टिनको नियम खुकुलो पारिएको छ । तर स्कटल्याण्डले भने क्वारेन्टिनको लागि अन्य राज्यमा भन्दा फरक आफ्नै नियम बनाएको छ ।

शुक्रबार बिहानदेखि फ्रान्स, इटाली, बेल्जियम, जर्मनीसहितका दर्जनौं देशहरुबाट आउने यात्रुहरुलाई क्वारेन्टिन बस्नुपर्ने छैन । तर पछिल्लो २ साताको अवधिमा आएकाहरुले भने क्वारेन्टिन पूरा गर्नुपर्नेछ ।

सरकारले जारी गरेको क्वारेन्टिन बस्नु नपर्ने देशहरुको सूचीमा अमेरिका भने छैन । त्यस्तै, नेपालबाट आउनेहरुलाई पनि क्वारेन्टिन फुकुवा गरिएको छैन ।

बेलायत सरकारले गत जुन ८ तारिखदेखि लागू हुने गरी अन्य मुलुकबाट आउनेहरुको लागि २ साता अनिवार्य क्वारेन्टिनको व्यवस्था लागू गरेको थियो । अवस्थामा सुधार आएसंगै अब क्रमिक रुपमा अन्य मुलुकबाट आउनेहरुलाई पनि क्वारेन्टिन खुला गर्दै जाने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू