शनिबार, वैशाख १५, २०८१
20:46 | ०१:३१

नेपाली महिलामा महामारी असरबारे एनआरएनए यूकेको सेमिनार, मन्त्री-सांसद सहभागी हुने

नेपाली लिङ्क जुलाइ ८, २०२०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले कोराना महामारी पछि नेपाली महिला समुदायमा परेको प्रभावको बारेमा एक विशेष सेमिनार गर्ने भएको छ ।

संघकी अध्यक्ष पुनम गुरुङका अनुसार यहि शनिबार बिहान ११ बजे (बेलायती समय) जुम प्रविधिमार्फत सेमिनार आयोजना गर्न लागिएको हो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय पार्वत गुरुङको प्रमुख आतिथ्यमा हुने सो कार्यक्रममा सांसद, मिडियाकर्मी, महिला अधिकारवादी नेता तथा गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले सम्वोधन गर्ने तय भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला, महिला अधिकारकर्मी डा रेणु अधिकारी, एनआरएनए केन्द्रीय महिला संयोजक भोमा लिम्बु, एनआरएनए मध्यपूर्व महिला प्रतिनिधि यस्मीन वेगम लगायतले आ-आफ्नो विचार व्यक्त गर्नेछन् ।

कार्यक्रम सञ्चालन वरिष्ठ पत्रकार तथा कान्तिपुर टेलिभिजनबाट प्रसारित महिलावादी कार्यक्रम ‘समकोण’ की सञ्चालिका निर्मला शर्माले गर्नेछिन् ।

कार्यक्रम संयोजक तथा एनआरएन यूकेकी उपाध्यक्ष रोजिना प्रधान राईले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइन् । राईका अनुसार मन्त्री गुरुङसहित सबै अतिथिले कार्यक्रममा सहभागी हुने निश्चित गरिसकेका छन् ।

यस्ता कार्यक्रममार्फत महामारीपश्चात महिलाहरूले भोग्नु परेको समस्या सरकार तथा नीति निर्मातासमक्ष पुर्याउँदै राज्यलाई नागरिकप्रति जवाफदेही बनाउन पैरबी गर्ने एनआरएनए यूकेको पहल रहेको उपाध्यक्ष प्रधानले बताइन् ।

जुम (वेविनार) मार्फत हुने कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरुले कार्यक्रम शुरु हुनु भन्दा पहिले आफ्नो नाम दर्ता गर्नुपर्ने एनआरएनए यूकेले जनाएको छ । कार्यक्रमलाई बेलायतस्थित प्रमुख मिडियाबाट प्रत्यक्ष प्रसारण गरिने समेत बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू