बुधबार, वैशाख १२, २०८१
06:11 | १०:५६

हावाबाट पनि कोरोना संक्रमण फैलिने

कोरोना फ्लोटिङ भाइरस हो, जुन हावामा अडिन र बाँच्न सक्छ

एजेन्सी जुलाइ ८, २०२०

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले हावाबाट कोरोना संक्रमण फैलिने विशेषज्ञहरुको तर्कलाई स्वीकार गरेको छ । यसअघि वैज्ञानिकहरुको एक समूहले डब्ल्युएचओलाई खुल्ला पत्र लेख्दै आफ्ना दिशानिर्देशहरुमा संशोधन गर्न आग्रह गरेको थियो ।

क्लिनिकल ईन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित एक खुल्ला पत्रमा विभिन्न ३२ मुलुकका २३९ जना वैज्ञानिकहरुले कोरोना भाइरसका बारेमा तर्क पेश गरेका थिए । ‘कोरोना भाइरस फ्लोटिङ भाइरस हो, जुन हावामा अडिन र बाँच्न सक्ने’ वैज्ञानिकहरुले दावी गरेका थिए  ।

विश्व स्वास्थ्य संगठनका लागि लेखिएको सो खुल्ला पत्रमा वैज्ञानिकहरुले कोरोना भाइरस संक्रमण सम्बन्धि यो विषयमा पुनर्विचार गरी नयाँ दिशानिर्देश जारी गर्न आग्रह गरेका थिए ।

विश्व स्वास्थ्य संगठनका बेनेदेत्ता आल्लेग्रान्जीले कोरोना भाइरस हावाबाट फैलिने प्रमाण प्राप्त भैरहे पनि एकिनका साथ भन्न सक्ने अवस्था आइनसकेको बताउंदै यसबारे प्रमाण संकलन गर्ने र यसको अध्ययन गर्न अझै जरुरी रहेको बताएका छन् ।

यसअघिसम्म विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमित ब्यक्तिको मुख या नाकबाट निस्किएको सुक्ष्म कणहरुबाट सर्छ । हावाबाट सर्दैन भन्ने तर्कलाई समर्थन गर्दै आएको बीबीसीले जनाएको छ ।

डब्ल्युएचओकी टेक्निकल लिडर डा. मारिया भान केरखोभले छिट्टै विशेष जानकारी दिइने बताइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू