बिहीबार, वैशाख १३, २०८१
11:46 | १६:३१

बेलायतमा कोरोनाबाट थप १ सय ५५ जनाको मृत्यु

नेपाली लिङ्क जुलाइ ७, २०२०

लन्डन । पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना भाइरस (कोभिड -१९) संक्रमणबाट थप १ सय ५५ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

योसंगै बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ४४ हजार ३ सय ९१ पुगेको छ ।

यो संख्या बेलायतका अस्पताल तथा केयर होम लगायतको भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बताएको छ । यस्तै गएको २४ घण्टाभित्र बेलायतमा थप ५ सय ८१ जनामा कोरोना पोजिटिभ भएको पुष्टि भएको छ ।

हालसम्म बेलायतमा २ लाख ८६ हजार ३ सय ४९ जनामा कोरोना संक्रमण भइसकेको छ । बेलायत कोरोना संक्रमणका कारण सबै भन्दा बढी मृत्यु हुने मुलुक अन्तरगत अमेरिका र ब्राजिल पछिको तेस्रो स्थानमा पर्दछ ।

यसैगरी सबै भन्दा बढी संक्रमण हुने मुलुक अन्तर्गत अमेरिका, ब्राजिल, भारत, रसिया, पेरु, चिली र स्पेनपछि  बेलायत आठौँ स्थानमा छ ।

हालसम्म विश्वभर कोरोना संक्रमणबाट ५ लाख ४२  हजार भन्दा बढीको ज्यान गैसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू