बिहीबार, वैशाख ६, २०८१
02:03 | ०६:४८

पोखरेली मञ्च यूकेका ‘नेपाल कप क्रिकेट’ र ‘हाइक फर नेपाल’ स्थगित

नेपाली लिङ्क जुलाइ ७, २०२०

फाइल तस्विर

लन्डन ।  पोखरेली मञ्च यूकेले वार्षिक रुपमा गर्दै आएका दुई कार्यक्रम यसपटक नहुने भएका छन् ।  

कोरोना महामारीको कारण उत्पन्न असहज अवस्थाका कारण ‘नेपाल कप टी-ट्वान्टी’ कार्यक्रम र ‘हाइक फर नेपाल’ स्थगित गरिएको मञ्चले जनाएको छ ।  

यसअघि मञ्चले नेपाल कप टी- ट्वान्टी क्रिकेट यही जुलाई १२ आइतबार र जुलाई १९ आइतबारका दिन आयोजना गर्ने तय थियो ।  

त्यस्तै, वेल्समा आयोजना गरिने ‘हाइक फर नेपाल इन वेल्स’ यही  जुलाई ३१ शुक्रबारदेखि अगस्ट २ आइतबारसम्म तय थियो ।  

मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले संस्थाले हरेक वर्ष नियमित रुपमा गर्दै आएका कार्यक्रम कोरोना महामारीका कारण आयोजना गर्न सम्भव नभएको बताए ।  

पोखरेली मञ्चको वार्षिक क्यालेन्डरमै रहेका यी कार्यक्रम सामान्य अवस्थामा रोकिने थिएनन् । 

‘महामारीको चपेटाले दु:खका साथ स्थगित गर्ने निर्णय गरेका छौं’, अध्यक्ष गुरुङले भने, ‘यसबाट हाम्रा सम्पूर्ण सदस्य,शुभचिन्तक, खेलाडी एवम् समुदायमा परेको असुविधाप्रति हामी दु:ख व्यक्त गर्दछौं ।’ 

अध्यक्ष गुरुङले आउँदो वर्षदेखि दुवै कार्यक्रम नियमित रुपमा आयोजना गरिने समेत जानकारी गराएका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू