शुक्रबार, वैशाख १४, २०८१
18:21 | २३:०६

अनेसास बेलायतको अध्यक्षमा ‘लारा’

नेपाली लिङ्क जुलाइ ६, २०२०

लन्डन । अन्तरराष्ट्रिय  नेपाली साहित्य समाज (अनेसास) बेलायतको अध्यक्षमा लक्ष्मी राई ‘लारा’ निर्वाचित भएकी छन् ।

कोरोना भाइरस संक्रमणका कारण अनेसास बेलायतले गरेको ‘भर्चुअल’ माध्यमबाट संस्थाको सातौँ अधिवेशन सम्पन्न गरेको हो ।

आइतबार सम्पन्न सो अधिवेशनले उपाध्यक्षमा राज श्रेष्ठ, महासचिव सन्तोष कार्की र कोषाध्यक्ष सचिन गुरुङ निर्वाचित गरेको  छ ।

यसैगरी  सदस्यहरूमा सारादेवी गुरुङ, सेमन्त राई, भरत राई, माया गुरुङ, नृपेश उप्रेती, शुलभ श्रेष्ठ र मन्जु भण्डारी निर्वाचित भएका छन्  ।

कार्यक्रमको दोस्रो चरणमा गरिएको कविता वाचनमा कवि भरत राई, सेमन्त राई, नृपेश उप्रेती, मन्जु भण्डारी, सन्तोष कार्की, राज श्रेष्ठ, सारादेवी गुरुङ, डा. रुपक श्रेष्ठ, सुनिल संगम, सुमल गुरुङ, माया गुरुङ, शुलभ श्रेष्ठ, सचिन गुरुङ लगायत सहभागी भए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू