बुधबार, वैशाख १२, २०८१
09:06 | १३:५१

पर्वतका पहिरो पीडितलाई तमु समाज यूकेको सहयोग

नेपाली लिङ्क जुलाइ ६, २०२०

काठमाडौं । तीन साताअघि नौ जनाको ज्यान जाने गरी गएको विनाशकारी पहिरो पीडितलाई तमु समाज यूकेले आर्थिक सहयोग प्रदान गरेको छ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित काहुलेमा गएको पहिरोबाट दुई परिवारका नौ जनाको ज्यान गएको थियो ।

मृतकका परिवार र पहिरोबाट विस्थापित बनेका परिवारलाई तत्काल जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले तमु समाज यूकेले संकलन गरेर पठाएको राहत आइतबार एक कार्यक्रमबीच वितरण गरिएको हो । प्रतिनिधिसभाका सांसद पदम गिरीले पीडितलाई राहत रकम हस्तान्तरण गरे ।

मृतक नौ जनाको परिवारलाई  रु २७ हजार ३ सयका दरले जम्मा रु २ लाख ४५ हजार ७ सय  हस्तान्तरण गरिएको छ । पहिरोमा परी आमाबाबु, छोरा र छोरी गुमाएका ओमबहादुर थापालाई रु एक लाख नौ हजार २००, श्रीमती र छोराछोरी गुमाएका विकास थापालाई रु ८१ हजार ९०० र श्रीमती र छोरा गुमाएका बलबहादुर थापाको परिवारलाई रु ५४ हजार ६०० हस्तान्तरण गरिएको हो । 

पहिरो पीडित भुवन गिरीलाई रु ५४ हजार ९७२ र अन्य चार परिवारलाई रु ४० हजार ४०० को दरले राहत वितरण गरिएको हो । पहिरोका कारण भुवन गिरी, हस्तीदेवी शर्मा, उजेली शर्मा, नन्दीकुमारी गुरुङ र पशुपति सिंजालीको परिवार विस्थापित बनेको छ । 

तमु समाज यूकेका उपाध्यक्ष शिवकुमार गुरुङको संयोजकत्वमा जीवन गुरुङलगायतले बेलायतमा राहत रकम संकलन गरी पठाएको स्थानीय राजन गुरुङले जानकारी दिए   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू