बुधबार, वैशाख १२, २०८१
09:53 | १४:३८

सयपत्री नेपाली सेवा समाज युकेले मोरङमा बाँड्यो राहत

नेपाली लिङ्क जुलाइ ५, २०२०

लन्डन । सयपत्री नेपाली सेवा समाज युकेले आइतबार असार २१ गते कोभिड १९ बाट पीडित मोरङ सुन्दरहरैचा ६ का ४० घर विपन्न परिवारलाई एक महिना पुग्ने खाद्यान्न उपलब्ध गराएको छ । नेपाली वेलफेयर सोसाइटी युकेको संयोजनमा प्रतिघर ३० किलो चामल, पाँच किलो दाल, दुई लिटर तेल, दुई पोका नुन र दुई थान साबुन वितरण गरिएको सयपत्री नेपाली सेवा समाज बेलायतका अध्यक्ष दिलिप मोहराले बताए ।

स्थानीय उपमेयर धनमाया तामाङ, वडा अध्यक्ष जीवनकुमार राई, केदारप्रसाद गुरागाई, वडा सदस्यहरु टुना कुमारी लकान्द्री (प्रमिला), रम्बिका माझी, कृष्णप्रसाद चापागाईं, डम्बर थापामगर लगायतले राहत वितरणको सहजीकरण गरेका थिए ।

एनआरएनए युके सचिव जित रानाभाटद्वारा जुममार्फत सञ्चालित राहत वितरण कार्यक्रममा प्रमुख अतिथि थिए मोरङ ६ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्वमन्त्री लालबाबु पण्डित । सम्बोधनका क्रममा नेता पण्डितले कोरोनाको संकटविरुद्ध तीन तहको सरकारले संयमतापूर्वक काम गरिरहेको र नागरिकहरुको उच्च सतर्कता एवं अभूतपूर्व एकता पनि आवश्यक रहेको बताए । उनले नेपाली समाजमा कोरोनाले पैदा गरेको आर्थिक, सामाजिक र मनोबैज्ञानिक संकटको वर्तमान अवस्थामा बेलायतमा रहेर पनि बिपन्न समुदायलाई सम्झिएर राहत उपलब्ध गराएकोमा सयपत्रीलाई धन्यवाद दिए ।

कार्यक्रमका सिलसिलामा वस्तुगत विषय नभएपनि दोहोरो नागरिकता प्रसँगमा पन्डितले नेपालबाट जुनसुकै देशमा गएर बसोबास गरे पनि नेपाली नै रहने र बिदेशी नेपाल आएर बसे पनि नागरिकता नलिएसम्म बिदेशी नै रहने प्रष्ट पारे ।

कार्यक्रमका विशिष्ट अतिथि कन्जरभेटिभ पार्टी बेलायतका प्रतिनिधि क्रिस पिगोटले कोभिड संकटविरुद्ध सिङ्गो विश्व एकजुट हुनुपर्ने औंल्याए ।

राहत वितरण संयोजन गर्ने नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथी धनबहादुर सार्कीले कोरोना भन्दा पनि लकडाउनका कारण खाद्यान्न अभावले कोहि पनि नमरुन् भन्ने पवित्र उद्देश्यबाट प्रेरित भइ स्थानीय सरकारसँग सहकार्य गरि हालसम्म नेपालको १३ जिल्लाका ४८२ विपन्न घर परिवारलाई एक महिनासम्म पुग्ने राहत उपलब्ध गराइएको बताए ।

उक्त कार्यक्रममा नेपाल सरकारको दलित विकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, बेलायतबाट गोर्खा नेप्लिज कम्युनिटीका अध्यक्ष डोल मल्ल, चितवन परिवार युकेकी महासचिव निशा शर्मा, सयपत्री नेपाली सेवा समाज बेलायतका सल्लाहकार उत्तर बर्देवा, सल्लाहकार राजेन्द्र सेवा, उपाध्यक्ष चेत बर्देवा, महासचिव धनबहादुर परियार, सचिव रबिन परियार, कोषाध्यक्ष पर्त दर्जी, किसान परियार, योगेश घले, किरण परियार, कुमार दर्जी, लगायत कार्यसमिति सदस्यहरुले जुममार्फत सम्बोधन गरेका थिए ।

राहत वितरण कार्यक्रमका प्रमुख अतिथी नेता पन्डित समयमै उपस्थित भइ कार्यक्रमको अन्त्यसम्म सबैको मन्तव्य सुनेर राहत वितरण अवलोकन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सयपत्री नेपाली सेवा समाज युकेका अध्यक्ष दिलिप मोहराले प्रमुख अतिथी, स्थानीय नगरपालिका र वडाबाट प्रतिनिधित्व गर्ने अतिथी लगायत जुममार्फत सहभागी सबैमा विशेष धन्यवाद दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू