शुक्रबार, वैशाख ७, २०८१
18:40 | २३:२५

हङकङका ३० लाख नागरिकले बेलायतको नागरिकता पाउने

नेपाली लिङ्क जुलाइ १, २०२०

 

लन्डन । हङकङमा बसोबास गर्ने ब्रिटिश नेशनल ओभरसिज (बीएनओ) पासपोर्ट भएकासहित झन्डै ३० लाख नागरिकले ब्रिटिश सिटिजनसिपको लागि आवेदन गर्न सक्ने भएका छन् । 

पूर्व ब्रिटिश उपनिवेश रहेको हङकङमा बसोबास गर्ने नागरिकहरुको आधारभूत स्वतन्त्रताबारे चासो व्यक्त गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले उनीहरुको लागि बेलायती नागरिकता दिलाउने घोषणा गरेका छन् ।

प्रधानमन्त्रीका अनुसार शुरुमा उनीहरुलाई बेलायतमा बस्न र काम गर्न पाउने अधिकार दिइनेछ, ५ वर्षपछि उनीहरुले नागरिकता (सिटिजनसिप) को लागि आवेदन दिन सक्नेछन् ।

यसबारेमा बेलायतका विदेशमन्त्री  डोमिनिक राबले सांसदहरुलाई विस्तृत रुपमा जानकारी गराएका छन् । बेलायतको पूर्व उपनिवेश रहेको हङकङलाई सन् १९९७ पछि त्यहाँको स्वायत्ततामाथि जोखिम पुर्याएको र कानूनी दायित्वको उल्लंघन गरेको भन्दै राबले बेइजिङलाई चेतावनी दिएका छन् । तर चीनले भने आफ्नो आन्तरिक मामला भन्दै अन्तरराष्ट्रिय रुपमा गरिने आलोचनालाई अस्विकार गर्दै आएको छ ।

जुलाई १ तारिखबाट हङकङमा सुरक्षासम्बन्धी नयाँ कानून लागू गरिएको छ । उक्त नयाँ कानून विद्रोही तथा आतंकवादी गतिविधीमा  संलग्न हुनेमाथि लक्षित छ । नयाँ व्यवस्थाले ‘एक देश, दुई प्रणाली’ अन्तर्गत सन् १९८५ मा बेलायत र चीनबीच गरिएको संयुक्त हस्ताक्षरसहितको सम्झौताको उल्लंघन भएको बताइएको छ । जुन सम्झौताअनुसार कम्तिमा ५० वर्ष सम्म केहि निश्चित स्वतन्त्रतालाई सुरक्षित कायम राख्नुपर्ने उल्लेख छ ।

हङकङमा झन्डै ३ लाख ५० हजार जति ‘ब्रिटिश नेशनल ओभरसिज’ (बिएनओ) पासपोर्ट होल्डर छन् । उनीहरुबाहेक अन्य २६ लाख मानिसहरु पनि ब्रिटिश सिटिजनसिप सुविधाका लागि लागि योग्य ठहरिनेछन् । वर्तमान अवस्थामा सबैले ६ महिनाका लागि बेलायत प्रवेश गर्न पाउनेछन्   

सन् १९८० को दशकमा विशेष व्यवस्थासहितको ब्रिटिश नेशनल ओभरसिज (बिएनओ) पासपोर्ट प्रदान गरिएको थियो । तर हाल त्यस्ता पासपोर्ट होल्डरका सबै सुविधा कटौती गरेर ६ महिनासम्मका लागि बेलायत प्रवेश गर्न पाउने सुविधामा  मात्र सिमित गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू