शुक्रबार, वैशाख १४, २०८१
13:42 | १८:२७

बेलायतमा युरोपेलीको ‘फ्रि मुभमेन्ट’ बन्द गर्ने विधेयक पारित

अंकमा आधारित इमिग्रेसन प्रणालीको बाटो खुला

नेपाली लिङ्क जुलाइ १, २०२०

लन्डन ।  बेलायतमा युरोपेली मुलुकका नागरिकको स्वतन्त्र आवतजावत (फ्रि मुभमेन्ट) बन्द गर्ने विधेयक बेलायती संसदले  पारित गरेको छ ।

‘द इमिग्रेसन एन्ड सोसल सेक्युरिटी कोअर्डिनेसन’ ( ईयू विथड्रल बिल) विधेयकको पक्षमा मंगलबार बहुमत बेलायती सांसदहरुले मत दिएका छन् ।  

सरकारले प्रस्ताव गरेको उक्त विधेयकको पक्षमा ३ सय ४२ मत र विपक्षमा २ सय ४८ मत परेको थियो ।  

युरोपेली संघबाट बाहिरिएसंगै बेलायतले  अंकमा आधारित (पोइन्ट बेस्ड्) इमिग्रेसन  प्रणालीमा जाने घोषणा  गरिसकेको छ ।  

अहिले पारित विधेयकले सोही अंकमा  आधारित नयाँ इमिग्रेसन प्रणालीमा जाने बाटो खोलिदिएको  छ ।  

आउँदो वर्षको शुरुदेखि  कार्यन्वयनमा आउने नयाँ व्यवस्थापछि बेलायतमा  युरोपेली देशका नागरिकहरुले पाउंदै आएको विशेष  अधिकार अन्त्य हुनेछ ।

बेलायत सरकारकी होम सेक्रेटरी प्रिति पटेलले गत वर्षको निर्वाचनमा बेलायती जनताले ‘फ्रि मुभमेन्ट’  बन्द गर्ने पक्षमा म्यान्डेट दिएको भन्दै अहिले पारित विधेयकले सोही म्यान्डेट पूरा गरेको प्रतिकृया दिएकी छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू