शुक्रबार, वैशाख १४, २०८१
23:41 | ०४:२६

सोमबार र विहीबार यूकेबाट नेपालका लागि उडान हुँदै

नेपाली लिङ्क जुन २८, २०२०

लण्डन । आउँदो साता दुई दिन बेलायतबाट नेपाल जान चाहनेहरुका लागि विशेष उडान हुने भएका छन् ।

बेलायतस्थित ट्राभल एजेन्ट कम्पनी ट्राभल कन्सोलका निर्देशक विराज भट्टका अनुसार जुन २९ सोमबार र जुलाई २ तारिख विहीबार कतार एअरवेजका उडान तय भएका छन् ।

दुवै दिन लण्डनको हिथ्रो र म्यान्चेस्टरबाट दोहाका लागि एक-एक उडान हुनेछन् । अन्य युरोपेली मुलुकबाट समेत दोहासम्म पुगेका यात्रुहरुलाई कतार एअरवेजका दुई चार्टर उडानमा काठमाडौंसम्म पुर्याइनेछ ।

ट्राभल कन्सोलका निर्देशक भट्टका अनुसार युरोपका विभिन्न मुलुकहरुबाट नेपाली यात्रु लैजान २ उडानको लागि कतार एअरवेजले नेपाल सरकारसंग सम्झौता गरेको छ ।

सोहिअनुसार युरोपबाट दोहासम्म जाने उडानहरुको संयोजन गर्ने जिम्मा भट्टले पाएका छन् ।

लण्डन र म्यान्चेस्टरबाहेक फ्रयांकफट, ओस्लो, आम्सटाडर्म, पेरिस, म्याड्डिड, रोम, एथेन्स, जुरिक, ब्रसेल्स र कोपनहेगनबाट पनि उडानहरु हुन लागेका छन् ।

नेपाल सरकारले लडाउनका कारण अन्तरराष्ट्रिय उडानहरु समेत बन्द गरेको अवस्थामा कतार एअरवेजका विशेष चार्टर विमानले युरोपका नेपाली काठमाडौं लैजान लागेका हुन् ।

यसअघि नेपाल सरकारले व्यवस्था गरेका दुई चार्टर उडानमार्फत बेलायतबाट २ सय २९ नेपाली स्वदेश फिर्ता भइसकेका छन् ।

लण्डनस्थित नेपाली दूतावासले पनि एक सूचना जारी गर्दै बेलायतबाट नेपाल जान जरुरी हुने नेपालीहरुलाई कतार एअरवेजको सम्बन्धित एजेञ्सीलाई सम्पर्क राख्न आग्रह गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू