शुक्रबार, वैशाख १४, २०८१
06:33 | ११:१८

कैलालीका संक्रमित पुरुषको चितवनमा मृत्यु

रासस जुन २७, २०२०

भरतपुर ।  भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमितम एक पुरुषको मृत्यु भएको छ ।

उनी फोक्सोको क्यान्सरबाट पीडित रहेको बताइएको छ । विहीबार राति उनमा कोरोना संक्रमणको पुष्टि भएको थियो । 

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारतका क्रममा शनिबार बिहान मृत्यु भएको बताए  । उनका  अनुसार ती पुरुष  क्यान्सरका उपचारका सिलसिलामा  भारतबाट फर्किएका थिए ।

पछिल्लो समयमा उनको स्वास्थ्यमा समस्यादेखि यही असार १० गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । उपचारका क्रममा उनको स्वाब परीक्षण गरिएको थियो ।

भरतपुर कोभिड–१९ प्रयोगशालाले उनलाई कोरोना संक्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू