बुधबार, वैशाख १२, २०८१
17:24 | २२:०९

यूके-नेपाल दोस्रो चार्टर उडान आज

नेपाली लिङ्क जुन २६, २०२०

लन्डन । कोरोना महामारीका कारण  बेलायतमा रोकिएका नेपाली स्वदेश फर्काउने दोस्रो चार्टर  उडान आज हुँदैछ ।

शुक्रबार दिउँसो २ बजेर ५० मिनेटमा जजिरा एयरवेजको विमान लन्डन ग्याटविक एयरपोर्टबाट नेपालको लागि  छुट्नेछ ।

ट्रान्जिटका लागि कुवेतमा केहीबेर रोकिने विमान शनिबार बिहान काठमाडौं अवतरण हुनेछ ।  

आजको उडानमा विमानको क्षमताभन्दा निकै थोरै यात्रु  हुने भएका छन् । १ सय ५८ सीट क्षमताको जहाजमा करिब ९० यात्रु  उड्न लागेको जजिरा एयरवेजको नेपाल एजेन्टका बेलायत प्रतिनिधी जीवन सेनले जानकारी दिएका छन् ।

लन्डनबाट बुधबार  नेपाल गएको पहिलो उडानमा १ सय ४६ नेपाली स्वदेश फर्किएका थिए ।  

एनआरएनए यूके समेतको सहयोगमा  लन्डनस्थित नेपाली दूतावासले तथ्यांक  संकलन गर्दा नेपाल जान जरूरी रहेको भन्दै झन्डै ५ सय जनाले नाम दर्ता गराएका थिए । 

तर दुई उडान तय भएपछि भने पहिला नेपाल जान अत्यावश्यक अवस्था पर्‍यो भन्नेहरु नै पछि हटेको दूतावासले जनाएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू