लन्डन इम्पेरियल कलेजद्वारा कोरोना भ्याक्सिनको मानव परीक्षण सुरु


लन्डन । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस संक्रमणबाट जोगाउन बेलायतमा बन्दै गरेको खोपको मानवमा परीक्षण शुरु भएको छ ।
इम्पेरियल कलेज लन्डनद्वारा विकास गरिएको खोपको परिक्षण गर्न लागिएको हो । परीक्षणको लागि सबैभन्दा पहिलो खोप फाइनान्समा कार्यरत ३९ वर्षीया स्वयंसेवक क्याथीलाई दिइएको छ ।
भाइरससंग लड्नका लागि भूमिका निर्वाह गर्न चाहने उनले बताएकी छन् । भ्याक्सिनको विकास नभएसम्म सामान्य अवस्थामा जान सम्भव नभएकोले आफू पनि यसको उपलब्धिको एक हिस्सा बन्न चाहेको उनले बताइन् ।
इम्पेरियल कलेज लन्डनका प्रोफेसर रबिन स्याटकको नेतृत्वमा गर्न लागिएको सो परीक्षण आउँदो हप्ता तीन सय जनामा गरिनेछ ।
यसअघि जनावरमा गरिएको सफल परिक्षणले खोप सुरक्षित, प्रभावकारी र प्रतिरक्षा प्रणालीको लागि उपयुक्त हुने अनुमान गरिएको छ ।
पहिलो चरणको यस परीक्षणछि आगामी अक्टुबरमा दोस्रो चरणको परीक्षण गरिने भएको छ । जसअन्तर्गत ६ हजार स्वयंसेवकमा परिक्षण गरिनेछ ।
इम्पेरियलको खोप विकास टोलीले दिएको जानकारी अनुसार उक्त भ्याक्सिन सन् २०२१ को आरम्भबाट बेलायत लगायत अन्य मुलुकमा समेत वितरण गरिनेछ ।
अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले यसअघि नै कोरोनाभाइरस संक्रमणबाट जोगाउन विकास गरेको खोपको मानव परीक्षण शुरू गरिसकेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५