शुक्रबार, वैशाख १४, २०८१
04:11 | ०८:५६

इंग्ल्याण्ड राज्य परिषदले आध्यात्मिक चिन्तन कार्यक्रम गर्ने

नेपाली लिङ्क जुन २३, २०२०

लन्डन । गैरआवासीय नेपाली संघ यूके, राज्य समन्वय परिषद, इंग्ल्याण्डले आध्यात्मिक चिन्तन सम्बन्धि कार्यक्रम गर्ने भएको छ । परिषदले भोलि बुधबार २४ जुन २०२० बिहान १० देखि ११.३० सम्म योग तथा आध्यात्मिक क्षेत्रका प्रख्यात गुरु मोहन कार्कीसंग अनलाइन कार्यक्रम गर्न लागेको हो । कार्की नेपालबाट आएका हुन् ।

कोरोना भाइरस महामारीका कारण अहिले विश्वब्यापी रुपमा मानवजीवन आर्थिक, मानसिक तथा शारीरिक रुपमा तहसनहस भएको अवस्था छ । परिषदका अध्यक्ष दीपक श्रेष्ठले शारीरिक तथा मानसिक सन्तुलन कायम गराउन, आध्यात्मिक जीवनशैलीद्वारा चिन्ता एवं भयमुक्त जीवनशैली अपनाउने तरिका र क्रियायोग सिकाउन शिविर गरिएको जनाए । उनले बेलायतवासी सबैमा अनलाइन सहभागिताका लागि अपिल समेत गरेका छन् ।

उक्त कार्यक्रम लन्डन नेपाल न्यूजले प्रत्यक्ष प्रसारण गर्ने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू