शुक्रबार, वैशाख १४, २०८१
15:34 | २०:१९

रेडिङ घट्नामा तीनको मृत्‍यु, तीन गम्भीर घाइते

नेपाली लिङ्क जुन २१, २०२०


लन्डन । बेलायतको रेडिङस्थित एक पार्कमा चक्कु प्रहारबाट तीन जनाले ज्यान गुमाएको बेलायती अखबारहरुले जनाएका छन् । कम्तीमा तीन गम्भीर घाइतेको रोयल बक्सायर अस्पतालमा उपचार भइरहेको छ ।

फरबरी गार्डेन पार्कमा शनिबार साँझ ७ बजे एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा उनीहरु मारिएका हुन् ।

थेम्स भ्याली प्रहरीले घट्नामा संलग्न भएको आरोपमा एकजनालाई गिरफ्तार गरिएको जनाएको छ । गिरफ्तार हुने व्यक्ति २५ वर्षीय लिबियन नागरिक रहेको स्काइ न्यूजले उल्लेख गरेको छ । प्रहरीले घट्ना ‘आतंकवाद’ संग सम्बन्धित रहेको बताएको छ ।

गृहमन्त्री प्रिती पटेलले घट्नाबाट आफू ‘अत्यन्तै चिन्तित’ भएको बताएकी छन् ।

उक्त घट्ना पार्कमै यसअघि भएको ‘ब्ल्याक लिभ्स् म्याटर’ प्रदर्शनसंग सम्बन्धित नरहेको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू