शुक्रबार, चैत १६, २०८०
07:20 | १३:०५

बेलायतको रेडिङमा चक्कु प्रहारबाट कयौं ‘हताहत’

नेपाली लिङ्क जुन २०, २०२०

लन्डन । बेलायतको रेडिङस्थित एउटा पार्कमा चक्कु प्रहारबाट कयौं हताहत भएको हुन सक्ने बेलायती अखबारहरुले जनाएका छन् ।

फरबरी गार्डेन पार्कमा अन्धाधुन्ध चक्कु प्रहार गरिंदा कयौं मारिएको हुन सक्ने बताइएको छ तर प्रहरीले यसको पुष्टि गरिसकेको छैन् । रोयल बक्सायर अस्पतालमा गम्भीर अवस्थामा कम्तीमा दुई जनाको उपचार भइरहेको छ ।

थेम्स भ्याली प्रहरीले घट्नामा संलग्न भएको आरोपमा एकजनालाई गिरफ्तार गरिएको जनाएको छ । प्रहरीले कयौं घाइतेहरुको अस्पतालमा उपचार भइरहेको जनाएको छ । घट्नास्थलमा कयौं एयर एम्बुलेन्स, प्रहरी कार, एम्बुलेन्स र आपतकालिन सेवाका कर्मचारी पुगेका बताइएको छ ।

गृहमन्त्री प्रिती पटेलले घट्नाबाट आफू अत्यन्तै चिन्तित भएको बताएकी छन् ।

रेडिङ काउन्सिल नेताहरुले मानिसहरुलाई घट्नास्थल वरपर नबस्न आग्रह गरेका छन् । उक्त घट्ना पार्कमै यसअघि भएको ‘ब्ल्याक लिभ्स् म्याटर’ प्रदर्शनसंग सम्बन्धित नरहेको विश्वास गरिएको छ । गिरफ्तार हुने व्यक्ति लिबियन नागरिक रहेको स्काइ न्यूजले उल्लेख गरेको छ । कतिपयले घट्नालाई ‘आतंकवाद’ संग पनि जोडेका छन् ।

घट्नास्थल नजिक बस्ने समाजसेवी विश्वआदर्श पण्डितले घट्नाप्रति दुःख व्यक्त गर्दै नेपाली भने अहिलेसम्म परेको नदेखिएको बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू