शुक्रबार, वैशाख १४, २०८१
00:36 | ०५:२१

बेलायतबाट चार्टर उडानमा नेपाल जाने यात्रुहरुलाई महत्वपूर्ण जानकारी

टिकट कसरी लिने ? सहयोगका लागि कहाँ सम्पर्क राख्ने ?

नेपाली लिङ्क जुन १९, २०२०

लन्डन । यही जुन २४ तारिख बुधबार र २६ तारिख शुक्रबार बेलायतबाट नेपालका लागि उड्ने दुवै उडान बेलायतमा रोकिएका नेपाली फर्काउन नेपाल सरकारले व्यवस्था गरेका विशेष चार्टर उडान हुन् । जसमा उड्नको लागि तपाईं पनि लण्डन दूतावासले तयार पारेको नेपाल फर्किन जरुरी रहेका नेपालीको सूचीमा समावेश भएको हुनुपर्नेछ । उक्त सूचीमा नाम नहुनेहरु यी उडानमा उड्न पाउनेछैनन् ।

दूतावासको सूचीमा रहनेमध्ये पहिलो प्राथमिकतामा पर्नेहरु पहिलो उडानमा उड्न पाउनेछन् । बाँकीलाई दोस्रो उडानमा मौका मिल्नेछ वा त्यसपछिको उडानमा पालो पाउनेछन् ।

जुन २४ बुधबार पहिलो उडानमा जान छनौट हुनेहरुलाई नेपाली दूतावासले इमेलमार्फत जानकारी गराइसकेको छ । दूतावासको इमेल पाउने यात्रुहरुले जजिरा एअरलाइन्सको नेपालस्थित एजेन्ट ‘जिएसए सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेज’ को बैंक खातामा नेपाल सरकारले तोकेबमोजिम ९ सय २० पाउण्ड (११ सय ५० डलर) बराबरको नेपाली रुपिया जम्मा गराएर उक्त पेमेन्टको प्रमाण र आफ्नो पासपोर्टको कपी पठाउनुपर्नेछ ।

टिकटको रकम कसरी तिर्ने ?

टिकटको लागि नेपाली सरकारले नै तोकेको ९ सय २० पाउण्ड ( ११ सय ५० डलर) बराबरको नेपाली रुपिया जजिरा एअरलाइन्सको एजेन्ट ‘जिएसए सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेज’ को खातामा जम्मा गराउनुपर्नेछ ।

टिकटको शुल्क कम्पनीलाई मनी ट्रान्सफर वा रेमिट गरी पठाउन सकिनेछ वा नेपालमा रहेका आफन्तमार्फत नगद बुझाएर पनि टिकट लिन सकिनेछ । टिकट शुल्क बुझाउनको लागि कम्पनीको खाता नम्बर निम्नानुसार छ:

Account Name: Able Nepal Travels and Tours Pvt Limited

Bank Name : Mega Bank Nepal Limited

Bank Account Number : 0660010025446

Branch : New Baneshwor

Currency : Nepalese Rupees

टिकट कसरी पाइन्छ ?

टिकटको शुल्क बुझाएपछि त्यसको रसिद वा प्रमाण र आफ्नो पासपोर्टको कपी कम्पनीको निम्नानुसारका सम्पर्क इमेलहरुमध्ये कुनै एकमा पठाउनुपर्नेछ । पैसा बुझाएको रसिद र पासपोर्ट पठाइसकेपछि तपाईंकै इमेलमा टिकट पठाइनेछ ।

१ रामहरि सुवेदी : [email protected]  +9779802015912

२ दामोदार दाहाल : [email protected] +9779851019102

३ राजेश गुरुङ : [email protected] +9779802000676

४संगिता रौनियार : [email protected] +97798510016284, +9779801909660

५ रमेश तामाङ : [email protected] +9779801909687

सहयोगका लागि कहाँ सम्पर्क राख्ने ?

काठमाडौंस्थित जजिरा एअरलाइन्सको एजेन्ट ‘जिएसए सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेज’ लाई सम्पर्क गर्ने फोन नम्बर +977 -1-4440889 र +977-1-4440890 हुन् ।

टिकट लिने क्रममा कुनै सहयोग वा जानकारी चाहिएमा निम्नानुसारका फोन नम्बर तथा इमेलमा सम्पर्क राख्नुपर्नेछ ।

१ रामहरि सुवेदी : [email protected] +9779802015912

२ दामोदार दाहाल : [email protected] +9779851019102

३ राजेश गुरुङ : [email protected] +9779802000676

४ संगिता रौनियार : [email protected] +97798510016284, +977980190960

५ रमेश तामाङ : [email protected] +9779801909687

साथै, टिकटसम्बन्धी कुनै पनि सहयोग र जानकारीका लागि बेलायतमा उक्त कम्पनीका प्रतिनिधिलाई निम्नानुसारको फोन नम्बर र इमेलमार्फत सम्पर्क गर्न सकिनेछ ।

– जीवन सेन   इमेल : [email protected]   फोन नम्बर : 07411655241

कुनै पनि जानकारी वा सहयोगका लागि लण्डनस्थित नेपाली दूतावासलाई सम्पर्क गर्नुपरेमा :

इमेल: [email protected] फोन नम्बर : 0207 229 1594 

ध्यान दिनैपर्ने कुरा:

१. हवाई यात्राको लागि नेपाली राहदानी अनिवार्य रुपमा साथमा रहनुपर्नेछ ।

२. यात्रुहरुले पिसिआर वा आरडिटी टेस्ट अथवा कोरोनाको लक्षण नभएको भनी स्वास्थ्यकर्मीबाट प्रमाणित गरेको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ ।

३. यात्रुहरु नेपाल पुगेपछि नेपाल सरकारले तोकबमोजिम क्वारेन्टिनमा बस्नुपर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू