बिहीबार, वैशाख २७, २०८१
21:03 | ०१:४८

यूकेमा कोरोना संक्रमणको ‘अलर्ट लेभल’ चौंथोबाट घटेर तेस्रोमा

नेपाली लिङ्क जुन १९, २०२०

लण्डन । बेलायतमा कोरोना भाइरस संक्रमणको ‘अलर्ट लेभल’ ४ बाट ३ मा घटाइएको छ ।

सरकारका चिफ मेडिकल अधिकारीहरुले संक्रमणको क्रम घटेसंगै अलर्ट लेभल पहिलेको भन्दा एक तह कम गराइएको जानकारी दिएका छन् ।

देशमा कोरोना भाइरस संक्रमणको दर र जोखिमलाई चित्रण गर्ने प्रणालीका रुपमा बेलायत सरकारले गत महिना अलर्ट सिस्टम घोषणा गरेको थियो । जसअन्तर्गत शुरुमा चौंथो तहमा रहेको अलर्ट लेभल अवस्थामा केहि सुधार आएसंगै अहिले तेस्रो तहमा झारिएको हो ।

अलर्ट लेभल ३ मा भाइरसको सामन्य सर्कुलेसन भइरहेको ठानिन्छ । जब कि यो लेभल ४ मा रहँदा संक्रमण उच्च वा तीव्र रहेको ठानिएको थियो ।

संक्रमण न्यून भएपछि अलर्ट लेभल २ मा जानेछ । जुन चरणमा सामाजिक दूरीको नियमलाई निकै खुकुलो बनाइनेछ । र देशमा संक्रमण शून्य भएपछि अलर्ट लेभल एकमा राखिनेछ ।

अलर्ट लेभल ४ बाट ३ मा घटेसंगै अब संक्रमण नियन्त्रणको प्रयासमा लागू गरिएका कयौं नियमहरु थप खुकुलो पारिने अपेक्षा छ ।

बेलायत सरकारका प्रमुख मेडिकल अधिकारीहरुले देशमा कोरोना भाइरस संक्रमणको दर देखाउने आर नम्बर, नयाँ संक्रमणका संख्या, संक्रमणका कारण अस्पताल भर्ना हुने, आइसियूमा रहने तथा दैनिक मृत्यु हुनेको संख्या आदिका आधारमा अलर्ट लेभल एक तह कम गर्ने निर्णय लिइएको बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू