शुक्रबार, वैशाख १४, २०८१
13:45 | १८:३०

व्यवसायीलाई परामर्श दिन अनलाइन कार्यक्रम गर्दै बेलायतका एकाउन्टेन्टहरु

नेपाली लिङ्क जुन १९, २०२०

लन्डन । बेलायतमा कार्यरत नेपाली एकाउण्टेन्टहरूको संस्था ‘नेपाली एकाउण्टेन्ट्स एशोसिएसन यूके’ ले बेलायतमा व्यापार व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरुलाई लक्षित एक अन्तरक्रिया  कार्यक्रम गर्ने भएको छ। 

यही आइतबार २१ जुनको दिउंसो ३ बजे देखि साढे ४ बजेसम्म ‘बिजनेस सर्भाइभल इन कोभिड १९ एन्ड बियोन्ड’ विषयक अनलाइन अन्तरक्रिया गर्न लागिएको हो ।  

एशोसिएसनका अध्यक्ष सरोज सापकोटाका अनुसार वेबिनारद्वारा प्रश्न उत्तरको कार्यक्रम गरिनेछ । त्यसक्रममा बेलायतमा विभिन्न व्यवसाय सन्चालन गरेका नेपालीहरुको लागि आवश्यक परामर्श र जानकारी दिने एशोसिएसनको योजना छ ।

कार्यक्रममा बेलायतका अनुभवी एकाउन्टेन्ट तथा ‘ट्याक्स् एक्सपर्ट ’ हरुले सहभागीका प्रश्नको जवाफ दिनेछन् ।  

छलफलबाट नेपाली व्यवसायीहरु लाभान्वित हुने अपेक्षा गरेको संस्थाका महासचिव शशिधर नेपालले बताए । उनले आफ्नो व्यवसायले भोग्नु परेका समस्या तथा आगामी योजनाबारे केही जिज्ञासा भए जूम अन्तरक्रियामा सहभागी भएर वा कार्यक्रम अगावै इमेल पठाएर प्रश्नहरु सोध्न सकिने पनि जनाए ।

एशोसिएसन यूकेले गर्ने सो वेबिनार छलफल कार्यक्रममा उपस्थित भइ आफ्नो समस्या बताउन र व्यवसाय संचालनमा के कसरी सहयोग पुग्न सक्छ भन्ने विषयमा गरिने छलफलमा भाग लिन अनुरोध गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू