बुधबार, वैशाख १२, २०८१
03:28 | ०८:१३

बेलायत आइपुगेका गोर्खाहरु पासिङ आउट परेडमा

नेपाली लिङ्क जुन १८, २०२०

 

लन्डन । नेपालबाट भर्ती भएर आएका ब्रिटिश गोर्खा सैनिकहरुले पहिलो चरणको तालिम समापनपछि ‘पासिङ आउट परेड’ गरेका छन् । क्याट्रिक ग्यारिसनको इन्फेन्ट्री तालिम केन्द्रमा प्रशिक्षणरत गोर्खाहरुले हालै ‘पासिङ आउट परेड’ मा भाग लिएका हुन् । भविष्यका ब्रिटिश सैनिकहरु नर्दन युनिटमा प्रशिक्षित भएका हुन् जसले चार कम्ब्याट इन्फेन्ट्रीमेन्स् 
कोर्सहरु- लाइन इन्फेन्ट्री, फुट गार्डस्, पारस र गोर्खाज् सञ्चालन गर्छ ।

सामूहिक परेडका अवसरमा उत्कृष्ट प्रदर्शन गर्नेलाई उनीहरुको कडा परिश्रम र उपलब्धिको कदर गर्दै गोर्खा सैनिकको प्रतिक ‘खुकुरी’ प्रदान गरिएको थियो ।

सैनिक प्रवक्ताले प्रशिक्षार्थी गोर्खाहरुका लागि उक्त दिन हर्षोल्लास र उपलब्धिको महान दिन भएको बताएका छन् ।

तर, कोभिड १९ महामारीका कारण ब्रिटिस आर्मीमा यस वर्ष नेपालबाट नयां भर्ती भएर कोही नेपाली युवा बेलायत आउने छैनन् । कोरोना भाइरसको महामारीले गर्दा ‘रेक्रुट इन्टेक २०२१’ का निम्ति नयां दर्ता र क्षेत्रीय छनोट रद्द गरिएको ब्रिटिस आर्मी मुख्यालयले हालै जनाएको हो ।

मुख्यालयले यसपटक असहज परिस्थितिका कारण नयांलाई अवसर दिन सम्भव नभएको जनाउंदै पोहोरको अन्तिम प्रतिस्पर्धाबाट बाहिरिएकाहरूले नै मौका पाउने बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू