बिहीबार, वैशाख १३, २०८१
23:22 | ०४:०७

बेलायतमा कोरोनाबाट थप २ सय ३३ को मृत्यु

गएको २४ घन्टाभित्र बेलायतमा थप २ सय ३३ जनाको मृत्यु

नेपाली लिङ्क जुन १६, २०२०

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार हाराहारी पुगेको छ ।

गएको २४ घन्टाभित्र बेलायतमा थप २ सय ३३ जनाको कोरोना भाइरसका कारण निधन भएको भएको मंगलबारको दैनिक ब्रिफिंगमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले जानकारी दिएका छन्  ।

यसैगरी गएको २४ घन्टामा थप १ हजार २ सय ७९ जानामा कोरोना पोजिटिभ देखिएको छ । हालसम्म बेलायतमा कोरोनाबाट २ लाख ९८ हजार १ सय ३६ जना संक्रमित भएका छन् ।

विगत केहि दिन यता मृतक संख्यामा लगातार गिरावट आएपनि आज मृतक संख्यामा वृद्धि भएको छ । हिजो सोमबार सार्वजनिक तथ्याँक अनुसार गत मार्च २३ बाट सुरु भएको लकडाउन पछिकै सबैभन्दा कम ३५ जनाको मात्र मृत्यु भएको थियो ।

हालसम्म बेलायतमा ६९ लाख ८१ हजार ४ सय ९३ जनामा कोरोनाको परिक्षण गरिसकिएको छ । गएको २४ घन्टामा १ लाख १३ हजार १ सय ७ जनामा कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू