शनिबार, वैशाख ८, २०८१
04:50 | ०९:३५

रोजीहिरा फाउण्डेसनको सहयोगमा खोटाङमा राहत वितरण

नेपाली लिङ्क जुन १६, २०२०

लण्डन । बेलायतस्थित रोजीहिरा फाउण्डेसनको सहयोगमा खोटाङको खोटाहाङ गाउँपालिका २ मा राहत वितरण गरिएको छ । कोरोना महामारीको चपेटामा जीवनयापनकै लागि समस्या झेलिरहेका विपन्न समुदायका २० परिवारलाई मंगलबार खाद्यान्न वितरण गरिएको हो ।

हरेक परिवारलाई एक महिनासम्मको लागि पुग्ने गरी दाल, चामल, तेल सहितका खाद्यसामग्री प्रदान गरिएको फाउण्डेसनकी निर्देशक एवम् एनआरएनए यूके उपाध्यक्ष रोजिना प्रधान राईले जानकारी दिइन् ।

फाउण्डेसनले नेपाली वेल्फेयर सोसाइटी यूकेको संयोजनमा राहत बाँडेको हो । राहत वितरणका बेला जुममार्फत एक अनलाइन कार्यक्रम आयोजना गरी प्रत्यक्ष प्रसारण गरिएको थियो ।

त्यसअवसरमा अनलाइन माध्यमबाट सहभागी खोटाङका सांसद विशाल भट्टराई, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ लगायतका वक्ताले अफ्ठेरो अवस्थामा विपन्न समुदायको सहयोगका लागि फाउण्डेसनले गरेको पहलको प्रशंसा गरेका थिए ।

एनआरएनए यूके सचिव जीत रानाभाटले सञ्चालन गरेको कार्यक्रममा नेपाली वेल्फेयर सोसाइटी यूके अध्यक्ष धनबहादुर सार्की, किराँत राई यायोक्खा यूकेकी अध्यक्ष कल्पना राई, एनआरएनए इंग्ल्याण्ड सचिव गोविन्द खरेल, पत्रकार शिव भण्डारीसहितको सहभागिता थियो । नेपालबाट सहयोग वितरणका संयोजक डा बुद्धि नेपाली, अधिवक्ता राजुप्रसाद धिमाल, स्थानीय वडा अध्यक्ष दिपेन राई, एसबी सेन्चुरी, भिमबहादुर खड्का, पारस राई लगायतको उपस्थिति थियो ।

फाउण्डेसनका निर्देशकद्वय रोजिना प्रधान राई र हिराधन राईले महामारीका बेला समस्यामा पर्नेहरुको सहयोगको लागि फाउण्डेसनले कोशिस गरेको बताएका थिए । वितरणमा सहयोग गर्ने तथा सहभागी हुने सबैलाई उनीहरुले धन्यवाद ज्ञापन गरे ।

सन् २०१४ मा स्थापित फाउण्डेसनले त्यसयता सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको छ । भूकम्पलगत्तै फाउण्डेसनका निर्देशकद्वय राई दम्पति आफै नेपाल पुगेर सिन्धुपाल्चोक, गोर्खा, धादिङ लगायत अति प्रभावित जिल्लामा राहत बाँडेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू