शुक्रबार, वैशाख १४, २०८१
10:07 | १४:५२

बेलायतमा २४ घण्टामा कोरोनाले मृत्यु हुने मात्रै ३८

नेपाली लिङ्क जुन १५, २०२०

लण्डन । बेलायतमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्यामा लगातार गिरावट आइरहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरमा कोरोनाबाट मात्रै ३८ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

सोमबार सार्वजनिक दैनिक मृत्युको संख्या गत मार्च २३ मा लकडाउन शुरु भएयताकै दोस्रो न्यून हो । शनिबार एक दिनको अवधिमा ३५ जनाको मृत्यु भएको तथ्यांक बाहिरिएको थियो । त्यसअघि दैनिक मृत्युको संख्या यति न्यून रहेको लकडाउन शुरु हुनु दुई दिन अगाडि मार्च २१ मा मात्रै थियो ।

विकेण्डमा मृत्युहरुको रिपोर्टिङ सुस्त हुने कारण पनि पछिल्ला दुई दिनमा मृतकको संख्या निकै न्यून देखिएको हो । तर साताका अन्य दिनमा पनि मृत्युको संख्यामा लगातार गिरावट आइरहेको छ ।

यससंगै बेलायतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ४१ हजार ७ सय ३६ पुगेको छ ।

त्यसैगरी, हालसम्म संक्रमित हुनेहरु २ लाख ९६ हजार ८ सय ५७ छन् । पछिल्लो एकदिनमा संक्रमणका नयाँ केसहरु ९ सय ६८ ले वृद्धि भएका छन् ।

बेलायत सरकारको दैनिक कोरोना ब्रिफिङमा सोमबार परराष्ट्रमन्त्री डोमिनिक राबले संक्रमण र मृत्युका केसहरु घट्दै गएपनि जोखिम कायम रहेको बताएका छन् । अन्तरराष्ट्रिष्य अनुभवका आधारमा पनि दोस्रो पीकको जोखिम बाँकी रहेकाले सतर्कता अनिवार्य रहेको उनको भनाइ थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू