बुधबार, वैशाख २६, २०८१
01:06 | ०५:५१

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

गुल्मीका ३६ वर्षीय पुरुषको मृत्यु

नेपाली लिङ्क जुन १४, २०२०

काठमाडौं    नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १९ पुगेको छ ।

गुल्मीको धुर्कोट गाउँपालिका– ४ जैसिथोकका ३६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएसंगै मृतक संख्या १९ पुगेको हो 

रेसुंगा नगरपालिका–९ स्थित उपल्लो तम्घासको आइसोलेसनमा उपचारका क्रममा गएराति उनको मृत्यु भएको हो । मृतक क्यान्सर रोगबाट पीडित रहेको बताइएको छ ।

केही दिन अघिदेखि उनको स्वास्थ्य अवस्था गम्भीर भएर आइसोलेसनको बेडमा जान र झर्न नसक्ने भएपछि उनको भुँइमै राखेर उपचार गरिएको थियो ।

भारतबाट फर्किएर धुर्कोटस्थित क्वारेन्टिनमा बसेका बेला जेठ १२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनका श्रीमती, १४ वर्षका छोरा र ७० वर्षका बाबु छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू