शुक्रबार, वैशाख १४, २०८१
13:21 | १८:०६

प्रा डा सुवेदी सीमासम्बन्धी प्रमाण जुटाउने नेपालको विज्ञ समूहमा

नेपाली लिङ्क जुन ११, २०२०

प्राध्यापक डा सूर्यप्रसाद सुवेदी

लन्डन । नेपाल सरकारले नेपाल भारत सीमासम्बन्धी प्रमाण संकलनका लागि विज्ञ समूह गठन गरेको छ ।

परराष्ट्र मन्त्रालयको प्रस्तावमा सीमासम्बन्धी प्रमाण संकलनका लागि नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ सदस्यीय विज्ञ समूह गठन गरेको हो ।

समूहमा अन्तरराष्ट्रिय कानूनका ज्ञाता एवम् बेलायतस्थित लिड्स विश्वविद्यालयका प्राध्यापक डा सूर्यप्रसाद सुवेदीलाई पनि सदस्यका रुपमा राखिएको छ । डा. सुवेदीले आफू एकजना अन्तर्राष्ट्रिय कानूनको जानकार भएकाले नेपाल सरकारलाई आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने प्रतिक्रिया दिएका छन् । डा. सुवेदीले यो संवेदनशील विषय भन्दै यसबारे थप बताउन चाहेनन् ।

यही जेठ २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले गठन गरेको समूहमा इतिहासविद् रमेश ढुङ्गेल, कानुनविद् विपिन अधिकारी, जलविज्ञानविद् जगत भूषाल तथा तोयानाथ बराल, हिमालय थापा र अप्सरा चापागाईं पनि छन् । समूहको सदस्य सचिवमा परराष्ट्र मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदी छन् ।

समूहलाई सार्वजनिक निकायलगायत विभिन्न संस्था, व्यक्ति, स्वदेश र विदेशमा रहेका पुस्तकालय, अभिलेखालय एवं संग्रहालयबाट नेपाल भारत सीमा सम्बन्धमा सुस्ता क्षेत्र र उत्तर पश्चिम क्षेत्रको लिम्पियाधुरा, कुटी, नाभी, गुञ्जी, कालापानी, लिपुलेक क्षेत्रलाई नेपालको स्वामित्व स्थापित गराउन आवश्यक कागजात, प्रमाण संकलन गर्ने कार्यादेश दिइएको छ ।

समूहलाई नेपाल भारतबीचको सन्धि, सम्झौता, तत्कालीन इष्ट ईन्डिया कम्पनी र भारतसरकारसँग भएका सम्झौता, नेपाल भारतसम्बन्धी नक्सा (दुवै देशबाट प्रकाशित) सरकारी पत्राचार, प्रशासनिक आदेश, प्रशासन, सकारका योजनालगायत सरकारी दस्तावेज, अन्य आधिकारिक प्रमाण जुटाउने कार्यदेश छ ।

यस्तै जग्गाको स्वामित्वका प्रमाण, राजस्व, मालपोत, भूमिकर, तिरोभारोआदि तिरेका रसिद, भरपाई, पत्र, रोक्का, सदनआदि अभिलेखसमेत संकलनको जिम्मेवारी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू