शुक्रबार, चैत १६, २०८०
07:36 | १३:२१

सीमा क्षेत्रमा मजदुरलाई खुवाउन दिदीबहिनी समूह यूकेको सहयोग

नेपाली लिङ्क जुन ११, २०२०


लण्डन । भारतबाट फर्किने क्रममा सीमा क्षेत्रमा अफ्ठेरोमा परेका नेपालीलाई लण्डनको दिदीबहिनी समूहले सहयोग गरेको छ ।

समूहको आर्थिक सहयोगमा सुदुरपश्चिमको गौरीफाँटा नाकाबाट भित्रिने नेपालीहरुलाई एक सातासम्म खाना खुवाउने प्रबन्ध गरिएको छ ।

दिदीबहिनी समूहले सीमामा निशुल्क खानाको व्यवस्था गरिरहेको ‘रोयल कोल्याबरेटिभ्स’ का युवाहरुलाई सहयोग हस्तान्तरण गरेको हो ।

सीमा क्षेत्रमा अफ्ठेरोमा परेका नेपालीहरुको सहयोगका लागि सुदूरपश्चिम प्रदेशको नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलको पहलमा बेलायतबाट दिदीबहिनी समूहले सहयोग पठाएको थियो ।

दिदीबहिनी समूहले एक लाख ३० हजार बराबरको खाद्यान्नका लागि सहयोग पठाएको हो । पूर्वी कैलालीका क्वारेन्टिनमा बसेका नेपालीहरुलाई संक्रमणबाट बच्न ७० हजारको मास्क समेत गरी कुल २ लाख रुपियाको सहयोग पठाइएको दिदीबहिनी समूहले जनाएको छ ।

निशुल्क खानाको व्यवस्था गर्दै आएका नेता डा. रावलले कोरोनाको महामारीका बेला बेलायतबाट दिदीबहिनी समूहले पठाएको रकमबाट करिब ८ हजार जना नेपालीलाई खाना खुवाउन सकिने बताए ।

सीमा क्षेत्रमा अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई खाना खुवाउने कार्यमा गजेन्द्र शाहीको संयोजकत्वमा रहेको ‘रोयल कोल्याबरेटिभ्स’ का युवाहरु खटिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू