शुक्रबार, वैशाख १४, २०८१
10:56 | १५:४१

पीपल क्यापिटलमा बेलायतका नेपालीको १.३ मिलियन पाउण्ड प्रतिवद्धता

इच्छुक लगानीकर्तालाई दोस्रो चरणमा पुनः अवसर दिइने

नेपाली लिङ्क जुन १०, २०२०

पीपल क्यापिटलका निर्देशक सूर्यप्रकाश गुरुङ

लण्डन । बेलायतस्थित पीपल क्यापिटलको सामूहिक लगानी प्रस्तावप्रति यहांका नेपाली आकर्षित भएका छन् । उक्त कम्पनीको सामूहिक लगानी प्रस्तावमा २२५ जनाले १.३ मिलियन पाउण्ड लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पीपल क्यापिटल यूकेले सामूहिक लगानीको अवधारणा सहित दुईहप्ता अघि नेपाली समुदायमा प्रस्ताव ल्याएको थियो । सोही अनुरुप पहिलो चरणमा उल्लेख्य नेपालीले लगानी गर्न चाहेको पीपल क्यापिटलका निर्देशक सूर्यप्रकाश गुरुङले जानकारी दिए ।

बेलायतको नियम अनुसार कम्पनी हाउसमा विधिवत दर्ता भएको पीपल क्यापिटलले प्रति कित्ता शेयरको एक पाउण्डका दरले कम्तीमा ५ हजार कित्ता र बढीमा २५ हजार कित्ता शेयर खरिद गर्न सक्ने गुरुङले बताए । उनका अनुसार पहिलो चरणमा दुईहप्ताको समय निर्धारण गरी लगानीका लागि आव्हान गरिएकोमा २२५ जनाले उक्त रकम लगानी गर्न चाहेका हुन् ।

बेलायतमा रहेका नेपालीलाई एकै ठाउंमा ल्याई हाल शेयर बजारमा लगानी गर्ने उद्देश्य राखिएको भए पनि निकट भविष्यमा विशेष योजनासहित विभिन्न क्षेत्रमा लगानी गर्ने योजना रहेको निर्देशक गुरुङले जनाए । उनले एक हप्ताभित्र प्रतिवद्धता रकम संकलन गरि छिट्टै बोर्ड अफ डाइरेक्टर गठन गरेर भावी योजना तय गरिने समेत बताए ।

पीपल क्यापिटलले पहिलो चरणमा लगानीका लागि गरेको आव्हान मंगलबार ९ जुन देखि दुईहप्ताका लागि बन्द गरेको जनाउंदै लगानी गर्न इच्छुक लगानीकर्तालाई पुनः दोस्रो चरणमा अवसर दिइने बताएको छ ।

पीपल क्यापिटलबारे कुनै जिज्ञासा भए वा लगानी सम्वन्धमा विस्तृत जानकारी लिन परे सिधै आफूलाई सम्पर्क गर्न समेत डाइरेक्टर गुरुङले अनुरोध गरेका छन् ।

बेलायतको वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका निर्देशक गुरुङ पीपल मोर्गेजेज र पीपल स्टेट एजेन्टस्का निर्देशक पनि हुन् । दुई कम्पनी आपूm एक्लैको स्वामित्वमा रहेको सो पीपल ग्रुपमा हाल २९ जना कार्यरत छन् । नेपालीहरुको बाक्लो बसोवास रहेको रसमुर बरो काउन्सिलको फार्नबोरो नर्थ क्याम्पमा प्रधान कार्यालय रहेको पीपल ग्रुपको बेलायतका विभिन्न शहरमा ४ वटा शाखा विस्तार भइसकेको छ भने छिट्टै केन्टको मेडिस्टोनमा अर्को शाखा खोल्ने तयारी छ ।

त्रिभुवन विश्वविद्यालयबाट विज्ञान तथा प्रविधि विषयमा मास्टर्स गरेका गुरुङ केही वर्ष पोखरा विश्वविद्यालयमा अध्यापन गराउंदा गराउंदै थप अध्ययनका लागि १४ वर्ष अघि बेलायत आएका हुन् । उनले बेलायतमा युनिभर्सिटी अफ साल्फोर्डबाट इन्टरनेशनल बैकिङ एण्ड फाइनान्समा पोष्ट ग्रयाजुएट र युनिभर्सिटी अफ स्ट्रचक्लाइडबाट ‘मास्टर्स अफ साइन्स इन विजनेश एण्ड म्यानेजमेन्ट’ गरेका छन् ।

त्यस्तै, उनले रेसिडेन्टल लेटिङ एण्ड प्रोपर्टी म्यानेजमेन्ट, मोर्गेज एड्भाइज एण्ड प्राक्टिस, फाइनान्सियल एड्भाइज, इन्स्योरेन्स, रेसिडेन्टल सेल्स् एण्ड प्रोपर्टी, इन्भेष्टमेन्ट एडभाइज, फाइनन्सियल प्लानिङ एण्ड एडभाइज लगायत अध्ययन गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू