शुक्रबार, चैत १६, २०८०
08:46 | १४:३१

इंग्ल्याण्डमा लकडाउन थप खुकुलो

नेपाली लिङ्क जुन १०, २०२०


लन्डन । बेलायत सरकारले लकडाउन क्रमिक रुपमा लचक बनाउँदै लैजाने क्रमलाई निरन्तरता दिएको छ । यसै क्रममा आउँदो शनिबारदेखि एक्लै बस्दै आएकाले पनि अर्को घरमा बस्नेहरुसंग भेट्ने र समय बिताउन मौका पाउने भएका छन् ।

बुधबारको दैनिक कोरोना ब्रिफिङमा प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउनमा नयाँ लचकता घोषणा गरेका हुन् । जसअनुसार एक्लै बस्दै आएका मानिसहरुले अर्को घरमा बस्ने एकजनासंग दुई मिटरको दूरीबिना नै भेट्न र एकै ठाउँमा रात बिताउन सक्नेछन् । यो छुटपछि एक्लै बस्दै आएका धेरै मानिसहरुलाई लकडाउनका बेला भोग्नुपरेको एक्लोपनबाट मुक्ति मिल्ने आशा गरिएको छ ।

यो लचकता इंग्ल्याण्डको लागि मात्र लागू हुनेछ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोनाले थप २ सय ४५ जनाको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ४१ हजार १ सय २८ पुगेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ का अनुसार पछिल्लो एक दिनमा १ हजार ३ नयाँ संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ९० हजार १ सय ४३ पुगेको छ ।

लकडाउन खुकुलो पार्दै जाने अर्को चरणमा यही जुन १५ देखि सबै रिटेल पसलहरु सञ्चालन हुँदैछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू