शुक्रबार, चैत १६, २०८०
01:31 | ०७:१६

पश्चिम रुकुम घटनाका पीडित परिवारलाई बेलायतबाट ३ लाख सहयोग

नेपाली लिङ्क जुन ९, २०२०

लण्डन । पश्चिम रुकुम चौरजहारी घटनाका पीडित परिवारलाई बेलायतका नेपालीले ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

सृजनशील नेपाली समाज यूकेले घटनामा दिवंगत हुनेका प्रत्येक परिवारलाई ५० हजार रुपैयाँका दरले सहयोग गरेको हो ।

भेरी नगरपालिका प्रमुख सीपी घर्ती मगरको अगुवाईमा एक कार्यक्रमबीच सहयोग रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको समाजले जनाएको छ ।

सृजनशील नेपाली समाज यूकेका संस्थापक शेर सुनार, अध्यक्ष भक्तबहादुर दर्जी लगायतले सहयोग जुटाएका हुन् ।

गत २३  मे २०२० मा पश्चिम रुकुम चौरजहारीमा अन्तरजातीय प्रेम सम्बन्धी विषयमा सिंगै गाउँ मिलेर २१ वर्षे नवराज विक र उनीसंगै गएका पाँच जना दलित तथा गैरदलित युवालाई लखेटी लखेटी निर्मम हत्या गरिएको भन्दै समाजले कडा कारवाही पनि माग गरेको छ ।

उक्त घट्ना अहिले अनुसन्धानको दायरामा छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू