शनिबार, वैशाख ८, २०८१
21:35 | ०२:२०

बेलायतमा कोरोनाबाट थप ५५ जनाको मृत्यु, लकडाउन भए यताकै न्यून

नेपाली लिङ्क जुन ८, २०२०


लण्डन । बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मात्र मृत्यु भएको छ ।

गत मार्च २३ मा लकडाउन शुरु भएयता एक दिनको अवधिमा रेकर्ड भएको मृत्युको संख्या यो नै अहिलेसम्मकै सबैभन्दा न्यून हो ।

हिजो आइतबार कुल ७७ जनाको मृत्यु भएको थियो ।  उक्त संख्या स्कटल्याण्ड र नर्दन आयरल्याण्ड सहितको भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

दैनिक एक सय भन्दा कम मृत्युदर रेकर्ड गरिएको यो दोस्रो दिन हो ।

यससंगै हालसम्म देशभरमा कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या ४० हजार ५ सय ९७ पुगेको छ । यसैगरी, बेलायतमा पछिल्लो एक दिनमा १२ सय ५ संक्रमित थपिएका छन् ।

हालसम्म संक्रमित हुनेको जम्मा संख्या २ लाख ८७ हजार  ३ सय ९९ पुगेको छ । बेलायतमा पछिल्लो समयमा मृत्युदर र नयाँ संक्रमण दुवै निरन्तर घट्दै गइरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू