शुक्रबार, वैशाख ७, २०८१
17:39 | २२:२४

कोरोनासंग जुध्न नेपाललाई बेलायतको थप १० मिलियन पाउण्ड सहयोग

नेपाली लिङ्क जुन ६, २०२०

लन्डन । ब्रिटिश सरकारले नेपालमा कोरोना भाइरससंग जुध्न थप सहयोग घोषणा गरेको छ ।

सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलप्मेन्ट (डिफिड) मार्फत नेपालसहितका विकासोन्मुख राष्ट्रहरुलाई एकसय मिलियन पाउण्ड सहयोगको घोषणा गरेको हो ।

लन्डनस्थित नेपाली दूतावासका अनुसार, यसमा नेपाललाई १० मिलियन पाउण्डसम्म प्राप्त हुनेछ । यसअघि बेलायतले कोभिड १९ रोकथामकै लागि नेपाललाई ८.२ मिलियन पाउण्ड सहयोग प्रदान गरेको थियो ।

राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायत नेपालबीच २०५ वर्ष लामो ऐतिहासिक कूटनीतिक सम्बन्ध र गोर्खाहरुको योगदान स्मरण गर्दै महामारीका बेला बेलायतलाई सहयोग गरिदिन आग्रह गरेका थिए ।

त्यसअघि बेलायतस्थित भूतपूर्व गोर्खा अभियन्ताहरुले पनि महामारीका बेला नेपालका लागि सहयोगको पहल गर्न राजदूत डा सुवेदीलाई सल्लाह दिएका थिए ।

डिफिडले नेपाललाई प्रत्येक वर्ष सरदर ९२ मिलियन पाउण्ड सहायता गर्दै आएको छ ।

गोर्खा वेलफेयर ट्रष्टले पनि बेलायत र नेपालमा रहेका भूतपूर्व गोर्खाहरुलाई सबै प्रकारका सहयोग गरिरहेको दूतावासका उपनियोग प्रमुख शरदराज आरनले बताए ।

यसैबीच, बेलायतमा हालसम्म ६७ जना नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाएको दूतावासले जनाएको छ । कोरोना भाइरसका कारण विभिन्न समस्या झेलेका बेलायतस्थित करिब ३ सय ५० नेपाली स्वदेश फर्कन चाहिरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू