शुक्रबार, वैशाख ७, २०८१
09:58 | १४:४३

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो

नेपाली लिङ्क जुन ५, २०२०

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ ।

गएको २४ घन्टाभित्र बेलायतको अस्पतालमा थप ३ सय ५७ जनाको कोरोना भाइरसका कारण निधन भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

योसंगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४० हजार २ सय ६१ पुगेको छ ।

यसैगरी २४ घन्टामा थप १ हजार ६ सय ५० जानामा कोरोना पोजिटिभ देखिएको छ । हालसम्म बेलायतमा कोरोनाबाट २ लाख ८३ हजार ३ सय ११ जना संक्रमित भएका छन् ।

विश्वभरिमा ४० हजार भन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका पछि बेलायत दोस्रोमा पर्दछ ।

बेलायत युरोपकै बढी संक्रमित मुलुकमा पर्दछ । अमेरिकामा हालसम्म कोरोनाका कारण १ लाख १० हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू