मंगलबार, वैशाख ११, २०८१
09:39 | १४:२४

नेपालमा थप २ सय ७८ जनामा कोरोना संक्रमण

नेपाली लिङ्क जुन ५, २०२०


काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) का कारण संक्रमित हुनेको संख्या २ हजार ९ सय १२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

शुक्रबार थप २ सय ७८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । संक्रमितमध्ये ३ सय ३३ जना उपचारपछि घर फर्किएका छन् भने ११ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

शुक्रबार धरानबाट ३ जना, कोशीबाट २७ जना तथा बाँकेबाट १३ जना डिस्चार्ज भएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७६, प्रदेश २ मा १२१, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा ९२, कर्णाली प्रदेशमा २ तथा सुदूरपश्चिम प्रदेशमा ७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका हुन् ।

हालसम्म पीसीआर विधिबाट ८८ हजार ३ सय ६६ जनाको परीक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ३२ हजार ९ सय ६६ जनाको परीक्षण गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू