बिहीबार, चैत १५, २०८०
10:11 | १५:५६

लन्डन दूतावासमार्फत रुकुम हत्या प्रकरणका दोषीलाई कारवाही माग

नेपाली लिङ्क जुन ३, २०२०

लण्डनस्थित नेपाली दूतावास

लन्डन । विश्वकर्मा कल्याणकारी समाज यूकेले रुकुम चौरजहारी हत्या प्रकरणका दोषीमाथि कडा कारवाही माग गरेको छ । बुधबार लन्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई एक ज्ञापनपत्र पठाउंदै समाजले घट्नाको निन्दासहित दोषीलाई कारवाही माग गरेको हो । समाजले मृतकका परिवारहरुलाई यथोचित क्षतिपूर्ति र दण्डहीनताको अन्त्य गरि भयमुक्त समाज निर्माण गर्न पनि गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

उक्त घट्नाबाट बेलायत बस्ने विश्वकर्मा समाजका सम्पूर्ण सदस्यहरु मर्माहत र स्तव्ध भएको ज्ञापनमा उल्लेख छ ।

उक्त प्रकरणलाई समाजले जातीय भेदभावमा आधारित सामाजिक घृणा, धार्मिक संकीर्णता र मानवीय संवेदना हराएको एक पाशविक हत्याको श्रेणीमा राखेको छ ।

विश्वकर्मा कल्याणकारी समाज यूकेका अध्यक्ष चन्द्र सुनार (कुमार) र सचिव विद्या विश्वकर्माले हस्ताक्षर गरि गृहमन्त्रीलाई पठाएको ज्ञापनमा विश्वकै उत्कृष्ट भनिएको गणतान्त्रिक नेपालको संविधान विपरित तथाकथित दलित समुदायहरु कहिलेसम्म विभेदमा मर्नुपर्ने हो अनि दलितहरुले कहिलेसम्म जातीय छुवाछुतको लज्जावोध र कलंकको टिका लगाउनुपर्ने हो भन्ने प्रश्न छ ।

युवतीसंग प्रेमविवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका–४ का नवराज विकसहित युवाहरूमाथि गत जेठ १० गते रुकुम चौरजहारी ८ सोतीगाउंका स्थानीयले आक्रमण गरेका थिए । आक्रमणमा परी नवराजसहित ६ जना भेरी नदीमा बेपत्ता भएका थिए । उनीहरू ६ जनाकै शव फेला परिसकेको छ ।

ज्ञापनपत्र यस्तो छ-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू