शनिबार, वैशाख ८, २०८१
20:11 | ००:५६

बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपाली ६७

मृत्यु हुनेमध्ये ५६ पुरुष र ११ महिला

नेपाली लिङ्क जुन २, २०२०

लण्डनस्थित नेपाली दूतावास

लण्डन । बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपाली ६७ पुगेका छन् ।

लण्डनस्थित नेपाली दूतावासले हालसम्म्म बेलायतमा मृत्यु भएका ती नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । 

प्रवक्ता शरदराज आरनका अनुसार बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीमध्ये ५६ जना पुरुष र ११ महिला छन् ।

उनीहरुमध्ये भूपू गोर्खा र उनीहरुका परिवारका सदस्यको संख्या पनि ५६ नै छ । 

दूतावासले गोर्खा वेल्फेयर ट्रस्ट, भूपू गोर्खाका संघसंस्था र स्थानीय काउन्सिलहरुसंगको समन्वयमा तथ्यांक संकलन गरिएको बताएको छ ।

बेलायतमा कोरोनाको संक्रमण भएकामध्ये लगभग सबै नेपाली अहिले निको भइसकेको र न्यून संख्यामा मात्रै आइसोलेसन वा उपचारका लागि अस्पतालमा रहेको दूतावासले जानकारी दिएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू