बिहीबार, वैशाख ६, २०८१
05:55 | १०:४०

बाँके सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

रासस जुन १, २०२०

रांझा । बाँकेको राप्तीसोनारी गाउँपालिका २ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार राति भएको दुर्घटनाका मृतकको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको नाम खुलेको छ । एक जनाको सनाखत हुन बाँकी छ । नाम खुले पनि ठेगाना पहिचान नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदय सापकोटाले जानकारी दिए ।

उनका अनुसार पहिचान भएकामा बुद्धिराम विक, भीमबहादुर विक, दिलबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, रामबहादुर पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्काको पहिचान भएको छ ।

दुर्घटनामा घाइते २१ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । दुर्घटनामा परेकाहरु सबै भारतबाट आएका हुन् । घाइते हुनेमा अधिकांश सल्यानका छन् । सबै भारतबाट आएकाले कोरोना परीक्षण गरिएकामा सबैको नेगेटिभ रिपोर्ट आएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए ।

घाइतेको नामावली

दाङ जिल्ला धर्ना ४ का ४५ वर्षीय मेघराज केसी
दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी
दाङ जिल्ला राजपुर २ का २१ वर्षीय जीवन घर्ती
दाङ जिल्ला राजपुर गा.पा. ६ का २० वर्षीय दिपेश चौधरी
दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी
दाङ जिल्लाका २० वर्षीय भरत थापा
रोल्पा जिल्ला त्रिवेणी गा.पा. ७ का १७ वर्षीय सुनिल परियार
ऐ. का २० वर्षीय वीरेन्द्र परियार
ऐ. का १८ वर्षीय पुरन परियार
रोल्पा जिल्ला कुरैति गा.पा. २ का ५२ वर्षीय नर बहादुर विक
रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीय दिल ब. बिक
सल्यान जिल्ला कुपिण्डेदह गा.पा. का २० वर्षीय मिनराज बिक
सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का तेज बहादुर बुढाथोकी
सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ४ का २८ वर्षीय लोकेश घर्ती
सल्यान जिल्लाका १८ वर्षीय धन बहादुर बोहरा
सल्यान जिल्लाका ५२ वर्षीय दीप बहादुर बुढा
सल्यान जिल्ला शारदा गा.पा. ६ का टीका चलाउने
सल्यान जिल्लाका शिव भण्डारी
सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का २६ वर्षीय निम बहादुर बादी
ऐ. का १८ वर्षीय देवेन्द्र बुढाथोकी
ऐ. का १७ वर्षीय ज्ञान बहादुर बोहरा

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू