शुक्रबार, चैत १६, २०८०
12:32 | १८:१७

‘डायस्पोराको नेपाली साहित्य’ बारे इतिहास खोजिंदै

नेपाली लिङ्क मे २८, २०२०

लन्डन । नेपाली कला संस्कृति र परम्परा जगेर्ना 
गर्ने उद्देश्य अनुरुप प्रवासमा थुप्रै विद्याका साहित्यिक कृतिहरुको सृजना भएको छ । साहित्यिक सृजनामा डायस्पोराका नेपालीको महत्वपूर्ण भूमिका रहंदै आएको छ ।

हालसम्म प्रवासी नेपालीहरुद्वारा प्रकाशित साहित्यिक कृतिको कुनैपनि ऐतिहाँसिक लेखन तयार भएको 
देखिंदैन् । यो अभावबीच प्रवासी नेपाली साहित्यलाई प्रा. डा. खगेन्द्रप्रसाद लुइंटेल (त्रिवि, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर) को पहलमा ‘डायस्पोराको नेपाली साहित्य’ को ऐतिहाँसिक साहित्य संकलनको तयारी भइरहेको छ ।

साहित्यको इतिहास लेखनबिना कृतिको मूल्यांकन अधुरो हुने डा. लुईंटेलको धारणा छ । ‘डायस्पोराको नेपाली साहित्य’ को ऐतिहासिक साहित्य संकलनको काम लगभग अन्तिम चरणमा पुगेकाले संसारका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली साहित्यकारलाई एक हप्ताभित्र आवश्यक विवरण पठाउन अनुरोध गरिएको छ । आफ्नो विवरण पठाउंदा नाम 
(वास्तविक र साहित्यिक), बसोबास रहेको देश, प्रथम प्रकाशित रचना (प्रकाशन स्रोत–पत्रिकाको वर्ष, अंक, साल, महिनासहित), प्रकाशित कृति (विद्यागत रूपमा–कविता 
(गीत, गजल, मुक्तक, हाइकु), कथा, उपन्यास, नाटक, निवन्ध), प्रकाशन सालसहित (सकेसम्म कृति नभए कृति पाइने ठाउं) उल्लेख गर्नुपर्नेछ ।

विवरण पठाउंदा प्रा.डा. खगेन्द्रप्रसाद लुईंटेल, त्रिवि, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर वा इमेल [email protected] मा पठाउन सकिनेछ ।

साहित्य अनुसन्धान सम्बन्धमा तथ्याङ्क संकलनका लागि सहयोग गर्न बेलायतस्थित लेखक तथा कानूनविद गोविन्द बेल्बासेले पनि अनुरोध गरेका छन् । भविष्यका लागि अभिलेखको रुपमा रहने र साहित्य सृजनामा चासो राख्नेहरुका लागि अझ बढी सहजता मिल्ने बेल्बासेको धारणा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू